काठमाडौं, १४ फागुन । भारतमा दैनिक थपिने कोरोना संक्रमितको संख्या दश हजारको हाराहारीमा झरेको छ।पछिल्लो २४ घण्टामा १० हजार ३९९ जना संक्रमित थपिएका छन् भने ११ हजार ७७४ जना निको भएका छन् ।यही अवधिमा २५४ जना संक्रमितको मृत्यु भएको छ। भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख १३ हजार ५१२ पुगेको छ।हाल भारतमा सक्रिय संक्रमितको संख्या एक लाख ३२ हजारभन्दा तल झरेको छ।








प्रतिक्रिया दिनुहोस्