पोखरा, १३ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई ७ दिन उठ्नै नसक्ने गरी पछार्ने दाबी गरेका छन् ।
गठबन्धन पनि जोगाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पनि पारित गर्ने समझदारी भएको खबर पढेपछि ओली आक्रोसित रुपमा प्रस्तुत भएका हुन् ।पोखरामा भएको पार्टी प्रवेश तथा कार्यकर्ता भेलामा आफैंले अगाडि बढाएको एमसीसीबारे सरकारमा बस्नेहरुले आफूलाई ढुंगा हान्न लगाएको आरोप लगाउँदै संसद बैठकबारे प्रसंग जोड्दै थिए ।ओलीले एमसीसीको विषयमा छलफल गर्ने भनिएको बैठक फेरि पनि सारिएको बताइरहँदा एमाले गण्डकी उपसचिव रश्मी आचार्यले सत्तारुढ गठबन्धनबीच भएको नयाँ समझदारीको समाचार देखाए ।
पोडियममा उभिएरै ओलीले समाचार पढेपछि संसद बैठक सारिएकै विषमा थोरै प्रसंग जोडेर गठबन्धनतिर खनिए । ‘अहिले भर्खर समाचार आयो, गठबन्धन पनि नटुट्ने र एमसीसी पनि पास हुने,’ एमाले अध्यक्ष ओलीले भने, ‘गठबनन्धन टुट्नु हुँदैन । टुट्यो भने विचराहरु धुलोपिठो हुन्छन् ।’ओलीले आफूहरु एकैचोटी ५ दलको गठबन्धनसँग नै चुनाव लड्न चाहेको बताए । ‘एउटा यता छ, अर्को उता छ । लड्न आमन्त्रण गर्दा वान बाइ वान भनिन्छ नि । हामी त्यस्तो गर्दैनौं,’ ओलीले भने, ‘वान बाइ वानवाला होइन, ५ दललाई एकमुण्ट बोलाउँछौं । आउ, पाँचै दल एकैचोटी आऊ ।’एमाले अध्यक्ष ओलीले वैशाख ३० गते एक झड्कामा गठबन्धनलार्इ ७ दिन उठ्नै नसक्ने पछार्ने दाबी गरे । ‘गठबन्धन पछार्छौं, यिनीहरुलेजस्तो सडकमा ढुंगा हानेर होइन, जनताको पवित्र मत पाएर,’ उनले भनेका छन्, , ‘३ वर्ष सरकार चलाउन पाउँदा सरकार कस्तो हुन्छ भन्ने देखाएका छौं ।’








प्रतिक्रिया दिनुहोस्