काठमाडौं, १० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पुनः भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुग्नु भएको छ । एमसीसीलाई लिएर सत्ता गठबन्धनमा विभाजन आइरहेका बेला प्रधानमन्त्रीले लगातार एमाले अध्यक्ष ओलीसँग संवाद बढाउनु भएको छ । ओलीले भने गठबन्धन तोडेपछिमात्र कांग्रेससँग अरु विषयमा सहकार्य हुन सक्ने बताउनु भएको छ ।
गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेसले गठबन्धनमा हरेर विपक्षमा मतदान गर्ने हो भने सरकार छाड्नुपर्ने बताइरहेको छ । आज ओली र देउवाबीचको वार्तालाई विशेष महत्वका साथ हेरिएको छ । कुनै न कुनै समझदारी शीर्ष तहमा हुन लागेको जानकारी आफूले पाएको एमालेका एक पदाधिकारीले बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्