मस्को, १० फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई पृथकतावादी क्षेत्रमा सेना पठाउन आदेश दिए पनि रुसी विदेशमन्त्री सर्गेई लाभरोभ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग वार्ताका लागि अझै तयार रहेको मस्कोले मङ्गलबार बताएको छ। सबैभन्दा कठिन क्षणहरूमा पनि .. हामी भन्छौं : हामी वार्ताका लागि तयार छौं, विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले युट्युबमा प्रसारित टिप्पणीमा सो कुरा उल्लेख गर्नु भएको छ ।








प्रतिक्रिया दिनुहोस्