ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शहीद स्माकर ‘ए’ डिभिजन लिग : बिग्रेड ब्वाइज रेलिगेशनमा


एबीसी / संवाददाता

ब्रिगेड ब्वाइज क्लब नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित हुँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेशनमा परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३-२ गोल अन्तरले पराजित भएपछि ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परेको हो । ब्रिगेड ब्वाइज यस सिजनमा रेलिगेशनमा पर्ने दोस्रो टोली हो । यसअघि च्यासल युथ क्लब रेलिगेशनमा परिसकेको छ ।

त्यसैगरी ब्रिगेड ब्वाइज तेस्रोपटक रेलिगेशनमा परेको हो । यसअघि २०६३ र २०६८ सालमा रेलिगेशनमा परेको थियो । सातदोबाटोको जीतमा सुशील राई, दीपकराज सिंह ठकुरी र निरज चौधरीले एक-एक गोल गरे । ब्रिगेडका लागि भने बेर्टरान्ड इबोडे ओट्टोउ र रोशन राना मगरले एक-एक गोल फर्काए । खेलको १३औँ मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए तर खेलको १६औँ मिनेटमा ब्रिगेड ब्वाइका बेर्टरान्डले एक गोल फर्काउँदै खेललाई १-१ गोलको बराबरीमा ल्याए । त्यस्तै खेलको १८औँ मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई २-१ को अग्रता दिलाए । खेलको ५१औँ मिनेटमा ब्रिगेड ब्वाइजका रोशनले गोल गर्दै खेललाई २-२ गोलको स्थितिमा ल्याए । त्यसपछि खेलको ८७औँ मिनेटमा निरजले गोल गर्दै सातदोबाटोलाई ३-२ को जीत दिलाए । यस जीतसँगै सातदोबाटोले १२ खेलमा १८ अङ्क जोडेको छ । सातदोबाटो पाचौँ स्थानमा उक्लिएको छ । पराजित ब्रिगेड ब्वाइज १२ खेलमा ७ अङ्क जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com