काठमाडौं, ९ फागुन । प्युठानको मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई विप्लवनिकट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालोमोसो दलेका छन् ।वडानम्वर ५ सरङकोटमा रहेको भूमि विकास आधारभूत विद्यालयमा पठनपाठनसम्बन्धी सरोकारवाला निकायहरूबीच छलफल चलिरहेका बेला एक्कासी युवाहरूको समूहले आफूहरूलाई मोसो दलेर अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए ।








प्रतिक्रिया दिनुहोस्