ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोरी भएको बालकुमारीको मूर्ति भेटिएपछिको खुसीयाली, बाजागाजासहित मन्दिरमा भित्र्याइयो


एबीसी / संवाददाता
माघ २८, २०७८ शुक्रबार  ३ : ३९ बजे

ललितपुर । ललितपुरको सुनाकाठीबाट हराएको बालकुमारीको मूर्ति आज फेला परेको छ । मूर्ति भेटिएसँगै स्थानीयवासीले खुसीयाली मनाएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार आज बिहान ६ बजे ललितपुर महानगरपालिका १५ स्थित करुणा मन्दिरको छेउमा उक्त मूर्ति फेला पारिएको हो । प्रहरी उपरीक्षक पोखरेलले भन्नुभयो, “चोरी गरेर लैजाने व्यक्तिमाथि व्यापक खोजी तथा जनदबाब परेकाले त्यसलाई थेग्न नसकेर मूर्ति छाडेर गएको देखिन्छ ।”उहाँका अनुसार बिहान पूजा गर्न जाँदा एक महिलाले मूर्ति देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ ।

बिहान १० बजे उक्त मूर्तिलाई गुठीका प्रतिनिधिको रोहवरमा प्रहरीले हस्तान्तरण गरेको थियो । त्यसपछि स्थानीयवासीले मूर्ति फेला पारेको उपलक्ष्यमा बाजा, नाचगान तथा सांस्कृतिक झाँकीसहित खुसीयाली मनाउँदै पुनःस्थापनका लागि सुनाकाठी लगेका छन् । यही माघ ८ गते उक्त मूर्ति हराएको थियो । पित्तलबाट बनेको उक्त मूर्ति दुई फिट अग्लो छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com