ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान सम्बन्धी विधेयक परिमार्जन हुन्छ – मन्त्री शाही


एबीसी / संवाददाता
माघ २८, २०७८ शुक्रबार  ३ : ०५ बजे

कर्णाली । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले नेपाल पत्रकार महासङ्घकै राय सुझाव बमोजिम ‘सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान विधेयक’ परिमार्जन गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको नेतृत्वमा आज मन्त्रालयमा स्मरणपत्र बुझाउन पुगेको टोली समक्ष उहाँले सरोकारवालाको सुझावलाई अक्षरशः सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अघिल्लो सरकारले दर्ता गरेको विधेयक भएकाले यसमा सच्याउनुपर्ने विषयका सम्बन्धमा आफू प्रष्ट भएको मन्त्री शाहीको भनाइ थियो । “प्रदेशसभा सदस्यहरुले संशोधनदर्ता गर्दैछन्, विषयगत समितिमा पत्रकार महासङ्घको सुझावलाई समेटेर विधेयकलाई परिमार्जन गरिनेछ,” उहाँले भन्नुभयो,“विधेयकप्रति सरोकारवालाले राखेका विषयमा मन्त्रालय र आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।”

अघिल्लो सरकारले प्रदेशमादर्ता गरेको विधेयक सभामा बुधबार टेबुल गरिएको थियो । प्रदेशसभा सचिवालयले उक्त विधेयकमाथि संशोधनको सूचनादर्ता गर्न निर्धारण गरेको समय शनिबार दिउँसो २ बजे सकिँदैछ । पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिले विभागीय मन्त्रीका साथै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका प्रमुख सचेतकलाई ज्ञापनपत्र बुझाउँदै संशोधन सूचना दर्ता गर्न अनुरोध गरेको छ ।

महासङ्घले प्रतिष्ठानको अध्यक्षमन्त्री, योजना आयोगका सदस्य र प्रदेश सरकारका सचिव पदेन सदस्य प्रावधान हटाई सरोकारवालाकै प्रतिनिधित्व बढी हुनुपर्ने धारणा राख्दै आएको छ । महासङ्घले प्रतिष्ठानका कार्यकारी अध्यक्ष आमसञ्चार क्षेत्रमा १५ वर्ष अनुभव र सम्बन्धित विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने, आमसञ्चार तथा पत्रकारिता क्षेत्रमा कम्तीमा १० वर्षदेखि कार्यरत एक महिलासहित तीनजना सदस्य, पत्रकार महासङ्घ प्रदेश समिति अध्यक्ष सदस्य, आमसञ्चार र सूचनाप्रविधि क्षेत्रकाएक÷एकजना विज्ञ सदस्य रहनुपर्ने सुझाव पेश गरेको छ ।
महासङ्घ प्रदेश समितिका महासचिव खगेन्द्र भट्टराई नेतृत्वको टोलीले आजनेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० का संसदीयदलका सचेतकलाई संशोधन गर्नुपर्ने विषय समेटिएको ज्ञापनपत्र बुझाएको छ ।महासङ्घले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बुधबार उक्त ज्ञापनपत्र बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

अध्यादेशविरुद्ध विपक्षी दल आक्रामक, संसद्‌मा अस्वीकृतको सूचना दर्ता

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com