काठमाडौँ, २४ माघ । राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ समाचारदाता एवं सेवाग्राही (बजार) शाखा प्रमुख राजाराम कार्कीलाई पितृ शोक परेको छ । उहाँका पिता सीताराम कार्कीको काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका वडा नं ८ स्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो ।
चौरासी वर्षीय उहाँ नशासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । स्व. कार्कीको आजै बनेपास्थित उग्रतीर्थमा अन्त्येष्टि गरिँदैछ । उहाँका श्रीमती, तीन छोरा र दुई छोरी हुनुहुन्छ ।








प्रतिक्रिया दिनुहोस्