ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षाले चितवनमा एक करोड इँट्टा नष्ट


एबीसी / संवाददाता
माघ २३, २०७८ आईतबार  २ : ३८ बजे

चितवन, २३ माघ । वर्षाले यहाँका इँट्टा उद्योगमा एक करोडभन्दा बढी इँट्टा नष्ट गरेको छ । उद्योगले बनाएका काँचा इँट्टा पानीले नष्ट गरेको हो । व्यवसायीका अनुसार पकाउन तयारी अवस्थामा रहेका काँचो इँट्टा पानीले बिगारेर नष्ट गरेको छ । माटो प्रशोधन गरेर इँट्टा बनाएर पकाउनुअघि पानी परेपछि पूरै नष्ट हुने गर्दछ । काँचो इँट्टा घाममा सुकाएपछि पकाउन राख्ने गरिन्छ । केही दिन परेको वर्षाका कारण इँट्टा नोक्सान भएको हो । चितवन इँट्टा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार जिल्लामा सात उद्योगका इँट्टा नष्ट भएका हुन् । कोभिड १९ अघि १८ उद्योग सञ्चालनमा थिए । अन्य उद्योग कोरोनाका कारण बन्द भएका छन् । सापकोटाको भनाइमा हाल सञ्चालनमा रहेका उद्योगमा सरदर एउटामा १५ लाख काँचो इँट्टा रहेका थिए । पानीले सबै इँट्टा नष्ट भएका छन् । उहाँले भन्नुभयो, “सङ्ख्याको हिसाबले एक करोडभन्दा बढी इँट्टा नष्ट भएका छन् ।” यसबाट करोडौँ रुपैयाँ नोक्सानी भएको उहाँको दाबी छ ।

आफ्नो बिके इँट्टा उद्योगका १५ लाख काँचो इँट्टा नष्ट भएको उहाँले जानकारी दिनुभयो । इँट्टा उद्योग महासङ्घका उपाध्यक्षसमेत रहनुभएका सापकोटाले बेमौसमी वर्षाका कारण देशभरका एक हजार ५०० उद्योगमा नोक्सान पुगेको बताउनुभयो । उहाँले भन्नुभयो “आत्मनिर्भर इँट्टा उद्योग कोभिडसँगै बेमौसमी वर्षाले विस्थापित हुने अवस्थामा पुगेका छन् ।” सरकारले समयमै सम्बोधन नगरेमा आत्मनिर्भर यो व्यवसाय विदेशमा निर्भर हुनुपर्ने अवस्था आउने उहाँको भनाइ छ ।
इँट्टा पकाउन प्रयोग हुने कोइला बाहेक अन्य कच्चा पदार्थ यहीँ पाइन्छ । केही जनशक्ति भारतबाट ल्याइन्छ । ठूलो सङ्ख्यामा नेपालीले स्वदेशमै रोजगारी पाएका छन् । पूर्वी चितवनको खैरहनीस्थित लालपुरमा रहेको मनकामना इँट्टा उद्योगमा रहेका १० लाख काँचो इँट्टा नष्ट भएका छन् । उद्योगका सञ्चालक पुष्प पियाले वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्नु परेको बताउनुभयो । एक हजार काँचो इँट्टा बनाउन मजदूरलाई मात्रै रु. एक हजार २०० दिनुपर्ने भन्दै उहाँले माटो, बालुवालगायत सामग्री खरिद गर्दा ठूलो लगानी हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com