ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड घटेपछि भरतपुर अस्पतालमा विहिबारबाट नियमित सेवा


एबीसी / संवाददाता
माघ १९, २०७८ बुधबार   ३ : १५   बजे

काठमाडौं । कोरोना सङ्क्रमण बढेसँगै बन्द गरिएका भरतपुर अस्पतालको सेवा पुनः सञ्चालन गरिने भएको छ । अस्पतालले स्थगित गरेको ओपिडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारबाट पुनः सञ्चालन गर्न लागेको हो । माघ ९ गतेदेखि यी सेवा स्थगित गरिएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्ण पौडेलका अनुसार कोरोना जोखिमका कारण बन्द गरिएको सेवा सञ्चालनमा ल्याउन लागिएको हो । उहाँले भन्नुभयो, “अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको चाप घटेसँंगै स्थगित गरिएका सेवा सञ्चालन गर्न लागिएको हो ।” चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित हुने क्रम बढेपछि अत्यावश्यक सेवाका लागि जनशक्ति कम भएकाले यी सेवा स्थगित गरिएको थियो । कोरोना कहरपछि शल्यक्रिया नगरेपनि हुने खालका बिरामीलाई सेवा बन्द गरिएको थियो । यसैगरी बहिरङग सेवामा चाप बढेपछि अस्पतालले बिहान ८।३० बजेबाट ओपिडि सेवा सञ्चालन गर्दै आएको थियो ।

अस्पतालले एक सूचना प्रकाशन गरी कोरोना सङ्क्रमणको जोखिम अझै कायम रहेको हुँदा अस्पतालमा सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई पूर्णपालना गर्न आग्रह समेत गरेको छ । अस्पतालमा हाल ४१ जना सङ्क्रमित भर्ना भएर सेवा लिइरहेका छन् । अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । यो केन्द्रीय अस्पताल हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र बढ्दो मतभेदको संकेत, नेतृत्व र सरकारबीच तालमेलमाथि प्रश्न

चीन भ्रमणमा परराष्ट्रमन्त्री, लिपुलेक मुद्दा उठ्ला कि फेरि मौनता ?

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group