ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूर्यविनायक नगर अस्पताल निर्माण सम्पन्न, एक महिनाभित्र सञ्चालनमा आउने


एबीसी / संवाददाता

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालका लागि पाँचवटा भवनलगायतका आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएकाले नगरपालिका अब अ स्पताल सञ्चालनको तयारीमा लागेको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालनका लागि भवन निर्माणलगायतका पूर्वाधार निर्माण सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । नगरप्रमुख थापाले भन्नुभयो, “हामी निर्वाचित भएर आएपछि चुनावमा गरेका सबै घोषणा पूरा गरेका छाँै, दुर्गम मानिएको गाउँ–गाउँमा सडक, खानेपानी, सामुदायिक भवन, विद्यालय भवन, स्वास्थ्यचौकी पु¥याउने काम सम्पन्न गरेका छौँ, अब आफ्नै नगर अस्पताल सञ्चालन गर्ने धोको पूरा भएको छ, अबको एक महिनाभित्र अस्पताल सञ्चालनमा ल्याउँछौँ, हाम्रा जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर लागिरहेका छौँ ।”

नगरपालिकाले अस्पताल सञ्चालनसँगै बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै चुस्त व्यवस्थापनका लागि केही महिना अगाडि मात्रै टेकु अस्पतालबाट अवकाशप्राप्त विशेषज्ञ डा सागर राजभण्डारीलाई अस्पतालको निर्देशकका रूपमा नियुक्ति दिएर अस्पतालमा काम सुरु गरिसक्नुभएको उहाँले जानकारी दिनुभयो । अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, आइसीयू तथा भेन्टिलेटर कक्ष, एचडीयू, ओपिडी, जनरल वार्डलगायतका संरचना निर्माण सम्पन्न भएर अस्पतालको कम्पाउण्डभित्र कालोपत्र गर्ने तयारी भइरहेको अस्पताल निर्माण समितिका संयोजक एवं वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कालोपत्र सकिएपछि नगरपालिकामा रहेका आफ्नै जनशक्ति र नेपाल सरकारले पठाएका चिकित्सकको टोलीबाट अस्पतालको सेवा सुरु गर्ने भएका छौँ, एक महिनाभित्र अस्पताल सञ्चालनमा ल्याउनका लागि हामी अहोरात्र खटिएका छौँ, पछि आवश्यकतानुसार प्रदेश सरकारबाट अनुमति लिएर अस्पतालको शय्या तथा जनशक्ति थप गर्दै लैजाने नगरपालिकाको योजना छ ।”
सांसद महेश बस्नेतको सांसद विकास कोष, बस्नेतकै पहलमा केन्द्रीय सरकारबाट आएको ७५ लाख र बाँकी सूर्यविनायक नगरपालिकाको बजेट गरी करिब रु आठ करोडको लागतमा अस्पताल सञ्चालनमा आउन लागेको हो । अस्पताललाई आइसीयू र भेन्टिलेटर सञ्चालनका लागि बस्नेतले रु एक करोड ५० लाखको बजेट व्यवस्था गर्नुभएको छ ।

नगरपालिकाले वडा नं ५ दधिकोटको स्वास्थ्यचौकीको स्तरोन्नति गरेर १० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिरहेको छ । अब जगातीमा नगर अस्पताल सञ्चालन गर्न दधिकोटको सोहीको जनशक्ति र नगरपालिकाका विभिन्न स्वास्थ्यचौकीमा अतिरिक्त सङ्ख्यामा रहेका स्वास्थ्यकर्मी एवं जनशक्तिलाई यहाँ ल्याएर अस्पताल सञ्चालनमा ल्याइने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाले नागरिकलाई कोरोना सङ्क्रमणमा शय्या नपाएर भौतारिन नपरोस् र उपचार नपाएर ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याउन लागेको नगरपालिकाले नागरिकका लागि आफ्नै अस्पतालबाट स्वास्थ्य बिमा सेवासमेत दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com