काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का उपमहासचिव डा. विजय पौडेलले सत्ता गठबन्धन दलबीचको सल्लाहबाट स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताउनुभयो ।
बिहीबार काठमाडौँमा आयोजित समाजवादी प्रेस संगठन नेपालका पदाधिकारीको शपथ कार्यक्रममा उहांले गठबन्धन दलबीच सहमति भएपछि सरकारले स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताउनुभएको हो । उपमहासचिव डा पौडेलले पत्रकारिता पेशाप्रति जिम्मेवार भएर देश र जनताप्रति सेवाको भावनाले क्रियाशील रहन पदाधिकारीलाई आग्रह गर्दै राजनीतिक रुपमा लोकतान्त्रिक प्रणालीको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्