ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारी नै राखेर अनलाइनमार्फत जुवा खेलाउने १२ जना पक्राउ


एबीसी / संवाददाता
माघ ६, २०७८ बिहीबार  ७ : ४१ बजे

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा सम्पत्ति हारजित हुनेगरी अनलाइनमार्फत जुवा खेलाउने गरेको एउटा गिरोह प्रहरीको फन्दामा परेको छ । प्रहरीले उक्त गिरोहका १२ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुर नगरपालिका–६ चोभारबाट अनलाइनमार्फत जुवा खेलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर–६ चोभारका सुजेन्द्र थापा, सोही ठाउँका मनिष थापा, समीर थापा, कविता थापा, रविन खड्का, कीर्तिपुरकै बुद्ध महर्जन, रोजा महर्जन, साहिल महर्जन, हनिशा महर्जन, प्रदीपमान सिंह बस्नेत र रमादेवि श्रेष्ठ छन् । उनीहरुको साथबाट १७ थान मोबाइल, १४ थान ल्यापटपलगायत सामग्री बरामद गरिएको महाशाखाले जनाएको छ ।

पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँको जिम्मा लगाएको छ । सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले आवश्यक व्यवस्था गरी तीन घरमा २४सै घण्टा अनलाइनमार्फत जुवा खेलाउन कर्मचारीसमेत राखेको खुलेको छ । यसरी खटिएका कर्मचारीले फेसबुकमार्फत अमेरिका तथा युरोपका विभिन्न देशका नागरिकलाई साथी बनाई विभिन्न खेलमा अमेरिकन डलर लोड गर्न लगाई खेल खेल्न लगाउने तथा जित्ने पक्षलाई तोकिएको धनरासीसमेत पुरस्कारका रुपमा दिने गरेको पाइएको छ । सोधपुछका क्रममा १० महिना अगाडिदेखि महिनाको करिब एक लाख अमेरिकी डलर रकम हारजित हुने गरी अनलाइनमार्फत् जुवा खेलाउने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com