काठमाडौं । सरकार सञ्चालन समन्वय संयन्त्रको बैठक स्थगित गरेका सत्तारुढ गठबन्धनका दलहरु आन्तरिक छलफलमा जुटेका छन् । बैठक स्थगित गरिएपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्को सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच आज सा“झ छलफल भएको छ । आजै अपरान्ह ४ बजे बस्ने भनिएको संयन्त्रको बैठक स्थगित गरिएपछि देउवा र प्रचण्डबीच स्थानीय तह निर्वाचनसहितका विषयमा छलफल भएको बताइएको छ ।
प्रचण्डको सचिवालयका अनुसार भोलिको संयन्त्रको बैठकको पूर्वतयारीका लागि दुई नेताबीच भेटवार्ता भएको हो । दुई शीर्ष नेताबीचको छलफलपछि मात्रै रामचन्द्र पौडेल नेतृत्वको संयन्त्र बैठक डाकिने भएको छ । प्रचण्डले मंगलबारको संयन्त्र बैठकमा स्थानीय तह निर्वाचन ६ महिना सारेर आगामी वैशाख(जेठमा संघीय र प्रदेशको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको थियो । उहा“को उक्त प्रस्तावमा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा नेपालले पनि साथ दिएका छन् । तर गठबन्धनको अर्र्को दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसको संस्थापन इतर केही नेताहरुले भने आपत्ति जनाएका छन् । उता नेकपा एमालेले पनि स्थानीय तहको निर्वाचन सारेर देशमा संवैधानिक रिक्तता निम्त्याउन खोजिएको भन्दै आपत्ति जनाइसकेको छ ।







प्रतिक्रिया दिनुहोस्