ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभा निर्वाचन : निर्वाचन आयोगले जारी गर्‍यो स्वास्थ्य सुरक्षा मापदण्ड


एबीसी / संवाददाता

काठमाडौं । निर्वाचन आयोगले कोभिड–१९ महामारीको सङ्क्रमण बढ्दै गएको विद्यमान अवस्थामा यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य मापदण्डको पालना गर्न–गराउन मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबैलाई आग्रह गरेको छ । निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायत सबै सरोकारवालालाई आग्रह गरिएको हो ।

आयोगद्वारा आज यहाँ जारी निर्वाचनसम्वन्धी स्वास्थ्य सुरक्षा मापदण्डमा मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाई मास्क लगाएर मात्र प्रवेश गर्न तथा प्रवेश गर्नुअघि अनिवार्यरूपमा साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्न भनिएको छ । मतदानस्थलमा तापक्रम मापन गर्ने थर्मलगन र आवश्यक स्वास्थ्य सामग्रीसहित दुई स्वास्थ्यकर्मी रहेको हेल्थ डेस्कको व्यवस्था हुनेछ । हेल्थ डेस्कको व्यवस्था सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट गर्नुपर्नेछ । मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले मतदानस्थल वा केन्द्रमा आफ्नो जिम्मेवारीमा रहँदा आवश्यक सामाजिक दूरी कायम गर्नु पर्नेछ ।

पूर्ण खोप लगायतका कर्मचारी तथा सुरक्षाकर्मीलाई मात्र मतदानस्थल, मतदान केन्द्र र मतगणनास्थलमा खटाइने र मतदान केन्द्र र मतगणनास्थलमा खटिने कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकलगायत सबैले अनिवार्यरूपमा फेसशिल्ड, पञ्जा र मास्क लगाउनुपर्ने आयोगले जनाएको छ । मतदाताले मतपत्र प्राप्त गरी गोप्य कक्षमा गई मतदान गरिसकेपछि अनिवार्यरूपमा स्यानिटाइजरको प्रयोग गर्न तथा मतदान अधिकृतले समय– समयमा मतदान केन्द्रमा मतदाताले मतदान गरिसकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छापलगायतका मतदान सामग्रीको अनिवार्यरूपमा निसङ्क्रमण गर्ने व्यवस्था मिलाउनुपर्ने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि निसङ्क्रमण गर्ने र गणनाको लागि मतगणनास्थलमा लैजाने व्यवस्था गर्न तथा मतगणनाको लागि तयार गरिएको मतगणनास्थलमा मतपेटिका खोल्नुअघि अनिवार्यरूपमा निसङ्क्रमण गर्न पनि आयोगले भनेको छ । मतदानस्थल र मतगणनास्थलमा अनावश्यक भीडभाड हुन नदिने र प्रवेशलाई कडाइका साथ नियन्त्रण गर्ने व्यवस्था मिलाउन तथा मतदानस्थलमा अनिवार्यरूपमा आवश्यक उपकरणसहितको एक एम्बुलेन्सको व्यवस्था गर्न भनिएको छ । एम्बुलेन्सको व्यवस्था सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालले गर्ने पर्नेछ ।

निर्वाचनका लागि सम्बन्धित प्रदेशभित्रका प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष निर्वाचनमण्डलका सदस्य हुने हुँदा निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि निज मतदाता पिसीआर परीक्षणका लागि कुनै स्वास्थ्य संस्थामा सम्पर्क गर्न पुगेमा प्राथमिकताका साथ परीक्षणको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयले गर्नु पर्नेछ ।
आयोगका अनुसार निर्धारण गरेको मापदण्डसमेतका आधारमा सम्बन्धित निर्वाचन अधिकृतले मतदानस्थल तथा केन्द्रको अवस्था हेरी आवश्यकतानुसार स्वास्थ्य, सुरक्षासम्बन्धी व्यवस्था गर्ने छन् । मतदान केन्द्रमा अनिवार्यरूपमा आवश्यक मात्रामा मास्क, स्यानिटाइजर, टिस्यु पेपर, साबुनपानी तथा फोहर राख्ने टोकरीको व्यवस्था हुनेछ । प्रत्येक मतदाता मतदान केन्द्रमा प्रवेश गर्नुअघि तापक्रम जाँच गर्नुपर्नेछ । तापक्रम जाँच गर्दा मतदान केन्द्रमा खटिने स्वास्थ्यकर्मीले प्रत्येक मतदातालाई पछिल्लो १४ दिनयता ज्वरो वा रुघाखोकी वा अन्य कोभिड–१९ को लक्षण देखिएको छ–छैन बुझी मतदाताको उच्च तापक्रम देखिएमा र कोभिड–१९ सङ्क्रमणको कुनै लक्षण देखिएमा छुट्टै व्यवस्था गरी मतदान गर्ने व्यवस्था मिलाइनेछ ।

मतपत्र दिने कर्मचारीले मतपत्रको अर्धकट्टीमा मतदातालाई हस्ताक्षर गराउँदा सकेसम्म मतदाताकै कलमबाट हस्ताक्षर गराउन तथा मतदाताले ल्याप्चे लगाउने भएमा ल्याप्चे लगाइसकेपछि टिस्यु पेपरले हात सफा गरी उक्त टिस्यु पेपरलाई फोहर टोकरीमा हाल्नुपर्नेछ । सङ्क्रमण देखिएका मतदातालाई मतदान गर्न छुट्टै मतपेटिका राख्न आवश्यक देखिएमा मतदान केन्द्रमा खटिएका कर्मचारीबाट व्यवस्थापन गर्ने गरी निर्वाचन अधिकृतको स्वीकृतिमा मतदान अधिकृतले छुट्टै मतपेटिकाको व्यवस्था गरी मतदान गराउन सकिनेछ । त्यसरी मतपेटिकाको व्यवस्था गरिएकामा उक्त मतपेटिका छुट्टै राखी निसङ्क्रमण गरी अन्य मतपेटिकाको मतपत्रसँग मिसाई मतदानको गोपनियता अक्षुण राखी गणना गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

आयोगले मतगणनास्थलमा सामाजिक दूरी कायम हुने गरी मतगणना कार्य गर्न आवश्यक व्यवस्था मिलाउनका साथै अनावश्यक भीडभाड हुन नदिन अनावश्यक प्रवेशमा रोक लगाउन सुझाव दिएको छ । आयोगले कोभिड सङ्क्रमण पुष्टि भएको मतदाता मतदान गर्न आएमा त्यस्ता मतदातालाई प्राथमिकताका साथ छुट्टै लाइनमा राखी अन्यको मतदानको कार्य केही समयका लागि स्थगन गरी हातमा पञ्जा, मास्क र फेसशिल्ड लगाई मतदान गर्न लगाई उहाँले प्रयोग गरेका मतदानस्थलमा सामग्री निसङ्क्रमण गरी पुनः नियमित मतदानको कार्य सञचालन गर्ने व्यवस्था मिलाउन भनेको छ । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार निर्धारण गरेको मापदण्डसमेतको आधारमा सम्बन्धित निर्वाचन अधिकृतले मतदानस्थल तथा केन्द्रको अवस्थाअनुसार थप स्वास्थ्य सुरक्षासम्बन्धी विशेष व्यवस्था गर्न सक्नेछ । आसन्न निर्वाचनलाई सुरक्षित र व्यवस्थितरूपमा सम्पन्न गर्न गराउन आवश्यक सहयोगका सबैसँग आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com