काठमाडौं । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र लक्षण नदेखिएको गौतमले बताउनुभयो । उहाँ घरमै आइसोलेटेड भएर बस्नुभएको छ । अध्यक्ष नेपाल संक्रमण भएसँगै पूर्वनिर्धारित कार्यक्रम र भेटघाट केही समयका लागि स्थगित गरिएको छ । उहाँले आफ्नो सम्पर्कमा रहेकालाई एकान्तवास बस्दै परीक्षण गराउन पनि आग्रह गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललार्ई संक्रमण देखिएसँगै उच्चपदस्थ व्यक्तिहरूले कोरोना परीक्षण गराएका छन् । यस्तै हिजो मात्र शिक्षा मन्त्रीलाई संक्रमण देखिएको थियो ।







प्रतिक्रिया दिनुहोस्