ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार स्मार्ट लकडाउनको तयारीमा


एबीसी / संवाददाता
पुस २४, २०७८ शनिबार  ११ : ११ बजे

काठमाडौँ,   सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए स्मार्ट लकडाउन गर्ने तयारी गरेको छ । लगातार संक्रमितको संख्या बढेपछि सरकारले रणनीति बनाउने भएको हो । शुक्रबारमात्र नेपालमा ९६८ जनामा संक्रमण पुष्टि भएको छ।

सिहंदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए आवश्यकता अनुसार स्मार्ट लकडाउन गर्ने बिषयमा छलफल भएको छ। बैठकपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले एकसाताको अवधिमा संक्रमितको संख्या बढ्दै गएमा आवश्यकता अनुसार केही क्षेत्र मात्र बन्द गर्नेगरी स्मार्ट लकडाउनमा जाने बिषयमा छलफल भएको बताउनुभयो ।

उहाले  पहिलेजस्तो सवै क्षेत्र बन्द गर्ने सोचमा सरकार नरहेको र अव केही स्थान वा केही क्षेत्रमात्र बन्द गर्नेगरी स्मार्ट लकडाउनको अवधारणालाई अघि बढाइने बताउनुभयो । भारतबाट प्रवेश गर्ने नाकामा कोरोना परीक्षणलाई प्रभावकारी बनाउने, संक्रमितलाई राख्न आइशोलेशन वार्ड निर्माण गर्ने र त्यसको समन्वयनको कार्य प्रमुख जिल्ला अधिकारीले गर्ने मन्त्री खतिवडाले जानकारी दिनुभयो  । त्यस्तै स्थानीय तहमा नै कोरोना संक्रमितको उपचार गर्नेगरी स्थानीय निकायले व्यस्था गर्ने र त्यसकोे खर्च केन्द्र सरकारले बेहोर्ने गरी तयारी गरिएको उहाले  बताउनुभयो ।

बैठकमा कोरोनाबिरुद्धको खोप अभियानलाई तीव्रता दिन र बुष्टर डोजको व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएको मन्त्री खतिवडाले जानकारी दिनुभयो  ।बैठकले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि दुई साता अभियान नै चलाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री खतिवडाले कोरोना नियन्त्रण र उपचारका लागि सरकारले उचित व्यवस्थापन गरेको जानकारीदिनुभयो  ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com