काठमाडौं, २३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज साँझ भेटवार्ता भएको छ ।
ओली निवास बालकोटमा भएको भेटवार्तामा एमाले र माओवादी केन्द्रबीच हुने पार्टी एकताका खाकाबारे छलफल भएको छ ।

आज साँझ भएको भेटवार्तामा पार्टी एकता संयोजन समितिको बैठक मंगलबार बस्ने निधो गरेको छ ।
त्यस्तै, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु पार्टी एकताका लागि वैचारिक( राजनीतिक र सांगठानिक सहमति खोज्न संयुक्त कार्यदल बनाउन सहमत भएका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउनका लागि वैचारिक राजनीतिक काम र सांगठानिक काम गर्न एउटा टीम बनाएर जिम्मा दिने र केही दिनभित्र यो प्रक्रियालाई निश्कर्षमा पुर्याउने निधो भएको बताउनुभयो ।
एकता संयोजन समितिको बैठकको तयारीका लागि भोलि (सोमबार) आ–आफ्नो पार्टीको लेबलमा छलफल गर्ने सहमति भएको प्रचण्डले जानकारी दिनुभयो ।







प्रतिक्रिया दिनुहोस्