काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् नेपाल खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटाले राजनीतिक दलहरुले खेलाडीहरुलाई दुरुपयोग गर्नेगरेको खुलासा गर्नुभएको छ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनु भएका बा“स्कोटाले पञ्चायतकालमा व्यवस्था जोगाउन तथा बहुदल कालमा दलहरुले बुथ कब्जा गर्न खेलाडीहरुलाई दूरुपयोग गरेको भन्दै अव त्यसो हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । नेपाल खेलकुद महासंघले आफ्नो सम्मानमा बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहा“ले अव खेलाडीहरुलाई भोट प्राप्त गर्ने भोटिङ मेसिनको रुपमा प्रयोग हुन नदिने बताउनु भयो ।
बा“स्कोटाले खेल क्षेत्र र त्यसका खेलाडीहरुलाई राष्ट्र निर्माणका लागि उपयोग गर्नुपर्ने बताउनु भयो । उहाँले खेल क्षेत्रले राष्ट्र, राष्ट्रियता र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पार्दै राष्ट्रको उन्नतिका लागि उपयोगी हुने खेल क्षेत्रको विकासमा सहयोग गर्न सबै सामाजिक संघ, संस्थाहरुलाई आह्वान पनि गर्नुभयो । नेकपा एमाले त्यस अवसरमा बा“स्कोटाले खेलाडीहरुलाई आपराधिक गतिविधिमा मुछ्ने प्रयास हुन दिन नहुनेतर्फ सचेत गराउनु भयो ।








प्रतिक्रिया दिनुहोस्