ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनता बीचमा जान खोज्दा प्रतिगमनको लेपन लगाइयो– महासचिव पोखरेल


एबीसी / संवाददाता

काठमाडौं । नेकपा एमाले का महासचिव शङ्कर पोखरेलले कार्य नीति वा नेताको अन्तर कलहका आधारमा वामपन्थी पार्टीहरू विभाजित हुन नहुने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै महासचिव पोखरेलले गत निर्वाचनमा बनाइएको वाम गठबन्धनलाई जनताले दिएको कार्यादेश बमोजिम नेकपा निर्माण भए पनि त्यसलाई बचाउन नसकिएकाले फेरि पनि एकताका लागि इमानदार प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेकपाको एकता बचाउन नसक्नुमा पश्चाताप गर्दै जनताबाट पाएका म्यान्डेट खण्डित भएपछि जनताबीचमा जान सक्नुपर्थ्योु, उहांले भन्नुभयो, तर त्यसलाई प्रतिगमनको लेपन लगाइएको छ। जनतामा जाने कुरा प्रतिगमन होइन।

वामपन्थी आन्दोलन लक्ष्यतिर उन्मुख हुनका लागि कार्यनीतिका विवादका कारण बेमेल र अन्तरकलहमा आधारित भएर नबहकिइकन जनताको अपेक्षा बमोजिम अघि बढ्न आवश्यक रहेको बताउनुभयो । “राजनीतिक क्रान्ति र परिवर्तनपछि पनि जनताले खोजेको समृद्धि र विकास दिन किन सकेनौँ भन्नेबारेमा आत्म समीक्षा गर्नुपर्ने भएको छ”, महासचिव पोखरेलले भन्नुभयो, “जनताका अधिकारका मामिलामा हामी दलहरू च्याम्पियन छौँ तर जनताका आकाङ्कक्षालाई पूरा गराउन हामीले कति सकेका छौँ भन्नेमा यस्ता महाधिवेशनमा घोत्लिएर समीक्षा गर्नुपर्छ । त्यसमा यो महाधिवेशन सफल हुन सकोस् ।”

माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा रोल्पा र रुकममा तत्कालीन सरकारले दमन गर्दा त्यसको विरोधसहित शान्ति पदायात्राको नेतृत्व आफूले गरेको स्मरण गर्दै महासचिव पोखरेलले संविधानसभा र राज्य पुनःसंरचनाका माध्यमबाट मुलुकको निकास सम्भव छ भन्ने प्रस्ताव पनि आफूले अघि सारेको बताउनुभयो । उहाँले नेपालको राष्ट्रियता, स्वाधीनता, वैदेशिक मामिला र आर्थिक विकासका प्रश्नमा सबै दलहरूबीच साझा धारणा बनाउन सक्नुपर्ने पनि बताउनुभयो । उहाँले एमालेले चाहेको र माओवादी केन्द्रले चाहेके समृद्धि र समाजवादमा भिन्नता छैन भने एक ठाउँमा बसेर अघि बढ्न सकिने स्पष्ट गर्नुभयो ।

महासचिव पोखरेलले महाधिवेशनबाट अध्यक्ष प्रचण्डलाई पुनः नेतृत्वमा आउने स्थिति देखिएकाले उहाँलाई सफलता हासिल गर्ने शुभकामना पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com