ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ज्येष्ठ नागरिक अनुभव र ज्ञानका खानी हुन्’


एबीसी / संवाददाता
पुस ११, २०७८ आईतबार  ५ : ३४ बजे

काठमाडौं । नेपाल सरकारले आज विभिन्न कार्यक्रम गरी प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज ‘सभ्य नागरिकको पहिचान स् ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ दिवस मनाएको हो ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विभिन्न मन्त्री, सङ्घसंस्थाका प्रतिनिधि, ज्येष्ठ नगारिकलगायतको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमका वक्ताले ज्येष्ठ नागरिक अनुभव र ज्ञानका खानी भएको भन्दै उहाँहरूको सामाजिक सुरक्षा, स्वाथ्य हेरचाह र सम्मानमा राज्य, विभिन्न सङ्घसंस्थाका साथै प्रत्येक घरपरिवारले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले ज्येष्ठ नागरिकको सम्मान, सामाजिक सुरक्षा, हेरचाह राज्यको दायित्व भएको र त्यो दायित्व पूरा गर्न सरकार प्रतिबद्ध रहेको अवगत गराउनुभयो । साथै उहाँले सभ्य समाज निर्माणका लागि ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, सम्मान र हेरचाह अपरिहार्य रहेकामा जोड दिँदै यसमा सबै निकाय र घरपरिवारको पनि उत्तिकै जिम्मेदवारी रहेको बताउनुभयो । मन्त्री खाणले आधुनिक, सभ्य र समृद्ध समाज निर्माणका लागि ज्येष्ठ नागरिकको अनुभव, शिक्षा र ज्ञानको आवश्यकता औँल्याउनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संविधानअनुसार समाजिक सुरक्षाको हक र ज्येष्ठ नागरिकको हक कार्यान्वयन गर्नु समाजवादको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सरकारले जनताका मौलिक हक कार्यान्वयनका लागि विभिन्न कल्याणकारी कार्य अघि बढाएको बताउनुभयो । उहाँले ९० वर्ष उमेर पुगेका र थला परेका ज्येष्ठ नागरिकलाईसामाजिक सुरक्षा भत्ता घरमै गएर उपलब्ध गराउन सरकारले आवश्यक व्यवस्था मिलाएको जानकारी गराउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले केन्द्रीय सरकारसँगै प्रदेश र स्थानीय सरकारले पनि ज्येष्ठ नागरिकका लागि जमघट हुने, छलफल गर्ने र भजनकिर्तन गर्ने विभिन्न केन्द्र तथा पार्कको निर्माण गरिरहेको बताउँदै सरकारले ज्येष्ठ नागरिक उपचारका लागि छुट्टै अस्पताल बनाउने बारेमा छलफल गरिरहेको जानकारी गराउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई बृदाश्रम राखेर समस्या समाधान नहुने बताउँदै उहाँहरुलाई माया, स्नेह र सम्मान आवश्यक पर्ने भएकाले यसमा सरकारसँगै सबै घर परिवारले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । महिला मन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकको सम्मान र उचित हेरचाह बिना सुसस्कृत सभ्य समाजको निर्माण हुन नसक्ने बताउँदै सरकारले कानूनअनुसार ज्येष्ठ नागरिकलाई प्राप्त सेवा सुविधा कार्यान्वयनमा पहलकदमी लिएको उल्लेख गर्नुभयो । उहाँले काठमाडौँको गोठाटारमा ५० बेडसहितको ज्येष्ठ नागरिक अस्पताल र १७० जना क्षमताको बृदाश्रम बनाउने कार्यको थालनी यही आर्थिक वर्षबाट आरम्भ भएको समेत जानकारी गराउनुभयो । मन्त्रालयका सचिव यमकुमारी खतिवडा, शताब्दी पुरुष डा सत्यमोहन जोशी, ज्येष्ठ नागरिक राष्ट्रिय महासङ्घका अध्यक्ष छत्र प्रधानलगायतले ज्येष्ठ नागरिकले राज्य र समाजका लागि गरेको योगदानको कदर गर्दै ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य उपचार र सम्मानमा सबैको योगदान आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको शुभकामना सन्देश सचिव खतिवडाले बाचन गरेर सुनाउनुभएको थियो । यसैगरी प्रधानमन्त्री देउवाले डा जोशीलाई माला र खादालगाई सम्मान गर्नुभएको थियो भने अन्य ज्येष्ठ नागरिकलाई मन्त्री रेग्मीले सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com