ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीलाई हराउन सक्ने तागत कोहीसँग छैन – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग छैन । हामी अरुजस्तो पार्टी होइन, राष्ट्र र जनताका लागि काम गर्ने पार्टी हो ।” उहाँले सबै तह, तप्कामा आक्रामक ढङ्गले गयौँ र जनतालाई विश्वासमा लियौँ भने आफू नेतृत्वको पार्टी एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसरका बीचमा रहेको भन्दै स्पष्ट कार्यदिशाका साथ अगाडि बढे सफल भइने बताउनुभयो । सात प्रदेश र दुईवटा गैरभौगोलिक प्रदेशको सम्मेलनलाई श्रव्यदृश्यका माध्यमबाट उद्घाटन गर्दै उहाँले पार्टीभित्र रहेको अलमललाई हटाएर नयाँ विचारका साथ क्रान्तिकारी बनाएरै छाडिने बताउनुभयो । अध्यक्ष दाहालले पार्टीमा कमी÷कमजोरी रहेको र त्यसलाई सच्याएर क्रान्तिकारी र जनपक्षीय पार्टीका रूपमा रुपान्तरण गर्नुपर्ने दोसाँधमा रहेको उल्लेख गर्नुभयो ।

पूँजीवादले निम्त्यायो जलवायु सङ्कट

अध्यक्ष प्रचण्डले पूँजीवादका कारण जलवायु परिवर्तन देखिएको र प्राकृतिकरूपमा समस्या देखिएको भन्दै त्यसका विरुद्ध स्थानीय तहबाटै प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो । तापक्रमको वृद्धिका कारण बाढी पहिरो, अति वर्षा, खडेरी, हिँउ पग्लनेजस्ता समस्या देखिएको तथा समुद्रमा पानीको सतह बढ्दै जाँदा महासागर वरिपरिका देशहरू समस्यामा परेको अध्यक्ष दाहालको भनाइ छ । स्थानीय तहबाटै हाम्रो प्राकृतिक स्रोत तथा साधनको उपयोग हामी आफँैले गर्ने गरी योजनाबद्ध प्रयास गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

तापक्रम बढाउने काम साम्राज्यवादी शक्तिले गरेको भन्दै त्यसका विरुद्ध साझा मोर्चा बनाएर सङ्घर्ष गर्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष प्रचण्डका अनुसार संविधानमार्फत स्थापना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको वर्ग क्षेत्र, तह तथा तप्कालाई मिलाएर एकाधिकार पूँजीवादका विरुद्ध सङ्घर्ष गर्नुपर्छ ।

प्राकृतिक स्रोत तथा साधनमा वित्तीय एकाधिकार पूँजीवादले गरिरहेको हस्तक्षेपलाई रोक्न पनि हामीले आफ्नै सापेक्षतामा सङ्घर्ष गर्नुपर्ने उहाँको भनाइ छ । जलवायु परिवर्तनलगायत विषयमा राष्ट्रियरूपमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा पनि मोर्चाबन्दी गरेर अगाडि जानुपर्ने उहाँले बताउनुभयो ।

‘नयाँ विचारसहित आफ्नै खुट्टा उभिऔँ’

अध्यक्ष दाहालले पार्टीलाई आफ्नै सङ्गठन, आफ्नै विचारसहित आफ्नै खुट्टामा उभिने बनाउनु नै तत्कालको आवश्यकता रहेको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले हामी आफैँ दुविधामा परेका कारण हेपिएको भन्दै अब माओवादीलाई कोही कसैले पनि प्रश्न उठाउन नसक्ने गरी सबल र सक्षम बनाउने दृढता व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “विश्वमा हाम्रो मात्रै पार्टी त्यस्तो ठाउँमा छ, जसले विचारलाई विकास गर्ने सम्भावना पनि बोकेको छ । अहिलेका चुनौतीको सामाना गर्ने आधार पनि बोकेको छ र क्रान्तिको नयाँ मोडल हामी आफैँले खोजी गर्नुपर्छ ।”

अध्यक्ष दाहालले विचार, सङ्गठनमा नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि माओवादी नै भएको स्पष्ट पार्नुभयो । उहाँले एमालेको हालै चितवनमा सम्पन्न भएको महाधिवेशनलाई पञ्च¥यालीको सङ्ज्ञा दिनुभयो । पञ्चायतकालको अन्त्यतिर पनि ठूला–ठूला पञ्च¥याली हुने गरेको स्मरण गर्दै अध्यक्ष दाहालले विचारको बहस नहुने, व्यक्तिपूजा मात्रै हुने भेला तथा सम्मेलनको कुनै अर्थ नभएको बताउनुभयो ।

अध्यक्ष दाहालले नेपाली कांग्रेसको जारी महाधिवेशन पनि हेरिरहेको उल्लेख गर्दै त्यहाँ पनि राष्ट्र कस्तो बनाउने भन्नेतिर बहस नभएको आरोप लगानुभयो । पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्न आफैँबाट रुपान्तरण जरुरी रहेको भन्दै उहाँले राष्ट्रिय सम्मेलनसम्म पुग्दा माओवादी नयाँ विचारका साथ परिस्कृत हुने विश्वास व्यक्त गर्नुभयो ।

‘गुटबन्दी र अराजकता रोकौँ’

“पार्टीभित्र विभिन्न खालका समस्या छन्, गुटबन्दी, अराजकता, पदलोलुपजस्ता प्रवृत्ति रहेको तथा यो सबैको चुरो कारण न कार्यकर्ता हो न नेता हुन् । यो व्यक्तिगत समस्याका रूपमा बुझ्नु हुँदैन । यो वैचारिक स्पष्टताको अभावले भएको हो”, अध्यक्ष दाहालले भन्नुभयो । उहाँले विचारमा स्पष्टता नहुँदा गन्तव्य स्पष्ट नहुने र जताततै अँध्यारोमात्रै देखिने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “सबैतिर अँध्यारो मात्रै देखेपछि कसरी जाँगर आउछ रु अब नयाँ तरिकाले जानुको विकल्प छैन ।” उहाँले समस्या र विचारको अस्पष्टताबाट बाहिर निस्केर अगाडि बढ्नुपर्ने र आगामी पुसमा आयोजना गरिएको राष्ट्रिय सम्मेलनमा नयाँ दस्तावेज आउने बताउनुभयो ।

‘क्रान्तिकारी रुपान्तरण र पुनर्गठन अत्यावश्यक छ’

सो पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टीलाई क्रान्तिकारी रुपान्तरण र पुनर्गठन गर्नुपर्ने तत्कालको आवश्यकता भएको स्पष्ट पार्नुभयो । उहाँले पार्टीलाई क्रान्तिकारी रुपान्तरण र पुनर्गठन गरेरमात्रै समाजवादी क्रान्तिको नेतृत्व गर्न सक्ने बताउनुभयो ।

उहाँले विचारमा अझै विकसित गर्ने, गुटवादलाई अन्त्य, गर्ने भ्रष्टीकरणलाई रोक्ने, श्रमजीवी वर्गसँगको सम्बन्धबारे मिहिन तरिकाले समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पार्टीभित्रका समस्या र कमजोरीलाई समाधान गर्दै यथास्थितिवादसँग सम्बन्धविच्छेद गरेर क्रान्तिकारी रुपान्तरण र पुनर्गठनको पहल गर्नैपर्ने उहाँको भनाइ छ ।

उहाँले देशी–विदेशी शक्ति माओवादीलाई क्रान्तिकारी पार्टी बन्न नदिने षड्यन्त्रमा लागिपरेको भन्दै त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो । नेता श्रेष्ठले अध्यक्ष प्रचण्डको नेतृत्वमा पार्टीलाई एकाकार र थप बलियो बनाएर लैजान प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com