ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेस महाधिवेशनमा भारतीय नेताको शुभकामना : भारत समृद्ध र सुदृढ नेपाल चाहन्छ


एबीसी / संवाददाता

काठमाडौं । भारतीय जनता पार्टीका नेता डा हर्ष वर्धनले भारत स्थिर, समृद्ध र सुदृढ नेपालको पक्षमा रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विचारबारे आफुलाई राम्ररी ज्ञान भएको उल्लेख गर्दै नेता हर्ष वर्धनले भन्नुभयो, “उहाँ एक सुदृढ, मजबुद र स्थीर नेपाल होस्, भारत नेपालको सम्बन्ध दिन प्रतिदिन मजबुद होस्, संस्कृति र सम्पर्क सञ्जाल ९सडक, रेल, हवाई तथा उर्जा० सम्बन्ध सुमधुर होस् भन्ने चाहनुहुन्छ ।”

समारोहमा उहाँले नेपाल र भारतको सम्बन्ध अझै सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भारत जुनसुकै सम्पर्क सञ्जालबाट जोड्न र आपसी सम्बन्धलाई अझै मजवुद बनाउन चाहेको उल्लेख गर्नुभयो । उहाँले भारतमा समेत यती धेरै पूर्वप्रधानमन्त्री एकसाथ एउटै मञ्चमा बसेको नदेखेको र यस्तो संस्कार अन्य देशमा विरलै पाउन सकिने बताउनुभयो । राजनीतिक जीवनमा यस प्रकारको कार्यक्रम दुनियाँमा सायदै देखिएको भन्दै यहाँको यो राजनीति संस्कार प्रेरणादायी रहेको विचार राख्नुभयो । विसं २०७२ को भूकम्पका बेला नेपाललाई जत्तिकै भारतलाई पनि दुखेको स्मरण गर्दै नेता वर्धनले नेपालीलाई कुनै पनि समस्या पर्दा भारतीय नगरिकलाई दुख्ने बताउनुभयो ।

उहाँले भारत र नेपालको सम्बन्ध दिन प्रतिदिन सुमधुर बन्दै गएको र रेल, सडक वा हवाई सञ्जाल होस् या विद्युत तथा उर्जाको विषयमा समेत बलियो सम्पर्क र सहयोग रहँदै आएको पनि बताउनुभयो । नेता वर्धनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष जेपी नड्डाको तर्फबाट पनि शुभकामना दिनुभएको थियो । उहाँ चितवनमा हालै सम्पन्न नेकपा एमाले को महाधिवेशनमा समेत सहभागी हुनुहुन्थ्यो । त्यसैगरी समारोहमा भारतीय राष्ट्रिय कांग्रेसका महासचिव मुकुल वासनिकले आफू ३४ साल पहिला सन् १९४७ मा संयुक्त राष्ट्रसङ्घको महाधिवेशनमा बोल्ने समयमा गौरवान्वित भएको र सोही अनुसार नै अहिलेको यो महाधिवेशनमा बोलेर गौरवको अनुभूति भएको उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्रको महत्वपूर्ण कडी कांग्रेस रहेकाले पनि त्यो गौरव महसुस गराएको बताउनुभयो । भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले भारत र नेपाल सम्बन्ध हरेक दृष्टिकोणले अन्य मुलुककसँगको सम्बन्धभन्दा फरक र नमूनायोग्य रहेको बताउनुभयो ।

उहाँले दुई देशबीच समस्या हुनसक्ने र त्यसलाई आपसमा भाइचारा र मित्रताको आधारमा पूर्ण भरोसाका साथ समाधान गर्न सकिने पनि बताउनुभयो । आपसी सम्बन्ध प्रगाढ बनाउन आफ्नो पार्टी हरेक भूमिका निर्वाह गर्न तयार रहेको पनि स्पष्ट गर्नुभयो । उहाँले भारतले नेपाललाई हरेक दृष्टिकोणबाट उच्च प्राथमिकता दिएको पनि उहाँले जानकारी दिनुभयो ।उहाँँले स्थिर र शान्तिपूर्ण नेपाल नै भारतको प्राथमिकता रहेको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष सोनिया गान्धी यहाँ आउन चाहे पनि नयाँ दिल्लीमा लोकसभाको अधिवेशन शुरु भएकाले उपस्थित हुन नसकेको जानकारी गराउँदै उहाँका तर्फबाट पनि महाधिवेशनको सफलताको शुभकामना दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com