ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेबिजविरुद्ध प्रभावकारी खोप अब सातै प्रदेशमा


एबीसी / संवाददाता
मंसिर ५, २०७८ आईतबार   ५ : ४३   बजे

काठमाडौं । कोसी अस्पताल विराटनगरमा आजदेखि कुकुरलगायत जनावरको टोकाइबाट हुने रेबिजविरुद्धको खोप निःशुल्क लगाउने भएको छ ।

सरकारले कुकुरलगायत जनावरको टोकाइबाट हुने रेबिजविरुद्धको ‘इम्युनोग्लोबुलिन’ खोप निःशुल्क लगाउन भनेपछि आजदेखि सुरु गरिएको अस्पतालका प्रमुख चुमनलाल दासले जानकारी दिनुभयो । हाल यो सेवा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र निःशुल्क उपलब्ध छ । राजधानीबाहिरका निजी अस्पतालमा उपलब्ध भए पनि त्यसका लागि चर्को शुल्क तिर्नुपर्ने अवस्था छ । यसका लागि अस्पतालबाहिर रु १२ हजारसम्म शुल्क तिर्नुपर्ने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा आज आयोजित नियमित कार्यालय प्रमुखको बैठकमा डा दासले अस्पतालमा अहिले २४९ जनाको दरबन्दी मात्र रहेको तर नियमित आउने बिरामीको चापले गर्दा उपलब्ध जनशक्तिले सर्वसुलभ सेवा प्रदान गर्न समस्या देखिएको बताउनुभयो । उहाँले अस्पतालमा नियमित एक हजार हाराहारीमा बिरामी आउने गरेका छन् । उपयुक्त दरबन्दी बिना कसरी सेवा प्रदान गर्नु अस्पतालको ठूलो समस्या रहेको उहाँले बताउनुभयो । उहाँले पूर्व क्षेत्रको पहिलो ठूलो यो अस्पताललाई स्तरोत्रति गर्ने कार्य सुरु भएको भए पनि निर्माण कम्पनीले धिमा गतिमा काम गरिरहेको बताउँदै अस्पतालभित्र छिर्न चौतर्फी बाटोहरु रहेकाले यसभित्रको सामान उपकरणको सुरक्षामा पनि समस्या देखिएको छ भत्रुभयो ।

नियमति बैठकमा कार्यालय प्रमुखहरुले आ–आफ्ना समस्या राखिरहँदा जिल्लामा बाटो निर्माण गर्दा बिजुलीको पोल सार्नु पर्ने, जिल्लामा भइरहेको निर्माणका कार्यमा निर्माण कम्पनीले समयमा काम सम्पत्र नगर्ने समस्या रहेको र विराटनगर महानगरपालिकाभित्र फोहोरको समस्या रहेको बताएका थिए । विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत उमेश बस्नेतले विराटनगरको विकास खासै उत्साहजनक नरहेको बताउँदै महेन्द्र चोकदेखि ट्राफिक चोकसम्म भारतको सिक्किमस्थित एमजी रोडजस्तै निर्माण गर्ने कार्य सुरु भइसकेको जानकारी दिनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जनतालाई केन्द्रविन्दु मानेर दत्तचित भई काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले प्रत्येक कार्यालयले सूचनालाई व्यवस्थित गर्न निर्देशन दिँदै राष्ट्रसेवक कर्मचारीप्रति जनताको नकारात्मक सोचलाई सकारात्मकमा बदल्न सबैले आ–आफ्नो तहबाट राम्रो काम गर्नुपर्ने सुझाव दिनुभयो । प्रजिअ दाहालले प्रजिअ दाहालले यो पेसा र सेवालाई बाहिरका मानिसले होइन, तपार्इं हामीले नै मिलेर स्वच्छ र राम्रो बनाउनुपर्ने जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group