ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस कमजोर बन्दा देश र जनता दुवैले दु:ख पाउनेछ – नेता सिंह


एबीसी / संवाददाता
कार्तिक १५, २०७८ सोमबार  ६ : ४७ बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउने बताउनुभएको छ । नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले कांग्रेस कमजोर बन्दा देश र जनता दुवैले दुःख पाउने बताउनुभएको हो । कम्युनिष्टले गर्न नसकेको काम कांग्रेसले गरेको भए पनि कांग्रेसलाई कमजोर बनाउने काम भएको हुँदा आम जनताले दुःख पाउनुपरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “संविधान जारी गर्ने, शान्ति सम्झौता गर्ने लगायतका महत्वपूर्ण काम कांग्रेसको नेतृत्वमा भएको छ, तर भोट माग्न जाँदा समस्या आउँछ ।”

उहाँले १४ औं महाधिवेशनमा समयको माग, जनताको मर्म र संविधानको रक्षा गर्ने नेतृत्व छनोट गर्नुपर्ने बताउनुभयो । पार्टीलाई विधान अनुसार चलाउनु र जनताको भावना बुझ्न सकेमा मात्रै पार्टीलाई कसैले पछि पार्न नसक्ने उहाँले जिकिर गर्नुभयो । आगामी आम निर्वाचनमा पार्टीले आफ्नो तागतले एक्लै निर्वाचनमा जानुको विकल्प नरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आम निर्वाचनमा गठबन्धन विना निर्वाचन लड्ने तयारीमा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चैतमा स्थानीय तहको निर्वाचन हुँदैछ, अहिलेको गठबन्धन सरकार सञ्चालनका लागि हो, निर्वाचनका लागि होईन ।” आउँदो निर्वाचनमा पार्टीले जिल्लाका सबै तहमा जीत हासिल गर्नुपर्ने उहाँको भनाई थियो । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस धादिङ्का सभापति रमेश धमला, चिवतनका उपसभापति कैलाश कोइराला, क्षेत्रीय प्रतिनिधि सुशिला ढुङ्गानालगायतले पार्टी सङ्गठन बलियो बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

सम्बन्धित

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com