ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल संवत् एप सार्वजनिक हुने


एबीसी / संवाददाता
कार्तिक १४, २०७८ आईतबार   ७ : २०   बजे

काठमाडौं । नयाँ वर्ष अर्थात् नेपाल संवत् ११४२ को अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाः को राष्ट्रिय प्रतिमामा माल्यार्पण गर्नुहुने भएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज प्रतिष्ठानको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धरले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

ने.सं. ११२० अर्थात् २०५६ सालमा शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेसँगै हरेक वर्ष नेपाल संवत्को पहिलो दिन अर्थात् भाईटीकाको अघिल्लो दिन सरकार प्रमुखबाट गरिने कार्यक्रमको सबै तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष प्रतिष्ठानले नेपाल संवत् र शङ्खधर साख्वाःका बारेमा पूर्ण जानकारी समेटिएर तयार पारेको नेपाल संवत् एपः र नेपाल संवत्को पात्रोसमेत प्रधानमन्त्री देउवाद्वारा सार्वजनिक गराउने कार्यक्रम छ ।

यसबारेमा जानकारी दिँदै मानन्धरले अमेरिकाको नासामा कार्यरत भक्तपुरका शौनक रञ्जितकारले लामो समय अन्वेषण गर्दै तयार पारेको नेपाल संवत्को पात्रो नेपालकै सबभन्दा पुरानो पात्रोका रुपमा रहेकाले यसलाई वैज्ञानिक रुपमा नै प्रमाणित गर्ने गरी नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत्समेत समेटिएर तयार पारेको एपः सार्वजनिक गर्ने बताउनुभयो ।

देवनागरिक लिपि र विक्रम संवत् भारतबाट आयातीत रहेको भन्दै नेपालको आफ्नै संवत्का रुपमा नेपाल संवत्को पात्रोलाई प्रयोगमा ल्याउने गरी यो पात्रोलाई विक्रम संवत् र इस्वी संवत्मा समेत मिति, तिथि सबै मिल्ने गरी एपः तयार भएको जानकारी दिनुभयो । वैज्ञानिक रुपमा नै प्रमाणित गर्दै नेपाल पञ्चायन निर्णायक समिति, ज्योतिष, संस्कृतिविद्, परातत्वविद् र सरोकारवाला निकायहरुसँग छलफल गरेर प्रमाणित गर्दै तयार पारेको पात्रो र एपः लाई व्यवहारमा ल्याउने उहाँले बताउनुभयो ।

केही वर्षयता नेपाल संवत्को पात्रो नै ठाउँअनुसारले फरक हुने र म्हः पूजासमेत एक दिनअगाडि र पछाडि गर्ने गरेकामा अब सबैतिर एउटै पात्रो र एकै दिन म्हः पूजा हुने उहाँको भनाइ छ । नेपाल संवत् नेवारको संवत् नभई सबै नेपाली जनताको साझा संवत् भएकाले यसको प्रचार आवश्यक रहेको उहाँले बताउनुभयो । त्यसैगर ज्ञानराम श्रेष्ठको नेतृत्वमा प्रतिष्ठानको बुलेटिन प्रकाशन गरी कार्यक्रममा सार्वजनिक गरिने भएको छ । यस वर्ष आउँदो १९ गते बिहान ९ बजे प्रधानमन्त्री देउवा, मन्त्रीहरु, विभिन्न दलका प्रमुख एवं प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुखहरु, स्थानीय तहका प्रमुखहरुको सहभागिता रहनेछ ।

यस वर्ष दोलखा, गोरखा र पोखरामा पनि नेपाल संवत्कै दिन १९ गते भव्यरुपमा शङ्खधर साख्वाः को प्रतिमा माल्यार्पण गर्ने कार्यक्रम तयार भएको छ । पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै दोलखाको चरिकोट बजारमा स्थापना भएको, गोरखा र पोखरामा स्थापना भएको शङ्खधर साख्वाःको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group