काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हातमा टोपी बोकेर देशभर दौडिंदैमा केही फरक नपर्ने बताउनुभएको छ । एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले फुटाएर नया“ पार्टी बनाएका नेपालप्रति कटाक्ष गर्नुभयो । माधव नेपाल अहिले देशभर कुदेको देख्दा माया लाग्छ । किन कुदेका होलान् भन्दै ओलीले नेपाल देश बनाउन होइन, एमाले बिगार्न कुदिरहेको आरोप लगाउनुभयो । ओलीले कम्युनिष्ट पार्टी जन्मिने बित्तिकै राणा शासकहरुले मार्न खोजेको बताउ“दै माधव नेपालले केही गर्न नसक्ने पनि बताउनुभयो ।
माधव नेपालले हातमा टोपी लिएर दौडिंदैमा केही हु“दैन, बुढेसकालमा घरमै बसेर आराम गर्नु नि भन्दै ओलीले फेरि कटाक्ष गर्नुभयो ‘फुटेर गएको चोइटोले एकीकृत नाम राखेको छ समाजवाद जोडेको छ । फुटेर गएको पार्टीको नाम समाजवादी राख्नु भनेको समाजवाद सिध्याउनु हो ।’ ओलीले कोभिड संकटबीच आफ्नो सरकारले तीन वर्षमा अनेक चमत्कारिक काम गरेकाले माधव नेपालको मन भत्भती पोलेको बताउनुभयो । कोभिडका बेला विकास अभियान चलाएको देखेर माधव नेपाललाई औडाहा भएको र त्यही रिसले नेपालले एमालेका दुई चार प्वा“ख काटेर हिंडेको ओलीले बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्