ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाँडै मन्त्रिपरिषद्बाट राहतको व्यवस्था हुन्छ – प्रधानमन्त्री देउवा


एबीसी / संवाददाता
कार्तिक ७, २०७८ आईतबार  ५ : ११ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि थप राहतको व्यवस्था गर्ने बताउनुभएको छ ।

इलाम र पाँचथरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा आयोजित कार्यक्रममा उहाँले चाँडै मन्त्रिपरिषद्को बैठक राखेर राहतसम्बन्धी थप निर्णय लिने बताउनुभएको हो । उहाँले सरकारले यसअघि नै मृतकका परिवारलाई रु दुई लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको स्मरण गर्दै सरकारले थप राहतको व्यवस्था गर्ने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, “पहिराले घर बनाउने ठाउँ नहुनेलाई जग्गा जमिन दिएर भए पनि घर बनाइदिने र घर भत्किएकालाई घर बनाउन मद्दत गर्छौं, हामीले स्थलगतरुपमा नै अध्ययन गरेका छौँ, भएको क्षति नोक्सानीको सरकारले मूल्याङ्कन गरेर क्याबिनेट बसेर निर्णय लिन्छौँ ।”

प्रधानमन्त्री देउवाले बेमौसममा परेको पानीले मेचीदेखि महाकालीसम्म ठूलो क्षति पु¥याएको जनाउँदै सरकार पीडितको साथमा रहेको बताउनुभयो । पहिरोपीडितलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी तपाईहरुको साथमा छाँै, त्यही भएर हामी आएका हाँै ।”

उहाँले बाढीपहिराबाट प्रभावित क्षेत्रका नागरिकलाई एकै ठाउँमा बसोबास गर्ने व्यवस्था मिलाउने वा नयाँ सहर बनाउने विषयमा समेत सोचिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल गाउँको देश हो, नेपालबाट गाउँ हटाउन सकिँदैन, धेरैलाई गाउँको माया छ गाउँ छाड्न सक्दैनन्, गाउँमा गर्न सकिने कुरा गाउँमा नै पु¥याउन सकिन्छ ।”

यसैगरी नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका उहाँले पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुने बताउनुभयो । कांग्रेस कार्यकर्तालाई छुट्टै सम्बोधन गर्नुभएका देउवाले भन्नुभयो, “दुई चार दिन यताउता हुनु सामान्य कुरा हो, महाधिवेशन तोकिएकै मितिमा हुन्छ ।” देउवाले सहमतिमा नै नेतृत्व चयनको प्रयत्न गर्न कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

“भरसक सहमतिमा नै गर्नुहोस्, सहमति नभए प्रतिष्पर्धा हुन्छ, हार्नेले जित्नेलाई सघाउने हो”, उहाँले भन्नुभयो । निरीक्षणका लागि सञ्चार तथा सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

सम्बन्धित

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com