ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीले जनजीवन अस्तव्यस्त, विपन्न बस्तीमा गाँसकै समस्या


एबीसी / संवाददाता

टीकापुर, ५ कात्तिक ९रासस० स् यही कात्तिक १ गतेदेखि आएको अविरल वर्षापछि आएको बाढीले सुदूरपश्चिमको जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीले कैलालीको पूर्वी भेगमा ठूलो क्षति पु¥याएको छ । कैलालीको पूर्वी भेग टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीका कारण हजारौँ नागरिक विद्यालय तथा उच्च ठाउँका घरमा आश्रय लिएर बस्न बाध्य भएका छन् भने बर्दिया र कैलाली सीमामा करिब अढाई सय मिटर पक्की सडक भत्किँदा आवतजावतमा समस्या भएको छ ।

टीकापुर–१ का शिवनगर, गणेशपुर, शक्तिनगर, विजयनगर बस्तीमा बाढीले घर डुबानमा परेका छन् । पानी घटे पनि डुबानमा परेका घर शुक्रबारसम्म पनि उस्तै छन् । शिवनगरमा २९० घरमध्ये ७५ प्रतिशत घर डुबेका छन् भने ३२ घरपरिवार त्यही रहेको विद्यालयमा बसिरहेका छन् । कोही सडक र आफन्तका घरमा बसिरहेका छन् । बिपन्न बस्तीमा अन्नपातको समस्या सुरु भएको छ ।

बाढीका कारण टीकापुरमा एक हजार ५८६ घरपरिवार विस्थापित भएका छन् । टीकापुरका वातावरण तथा विपद् व्यवस्थापन उपशाखा प्रमुख निर्मला चौधरीले विस्थापित परिवारलाई राहतको जोहो गर्न नगरपालिका जुटेको बताउनुभयो । “विस्थापित परिवारलाई उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन तथा उच्च घरमा राखिएको छ, समुदाय नै सहयोगमा जुटेको छ”, चौधरी भन्नुहुन्छ, “हामी राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा जुटेका छौँ, बाढीले बस्ती तहसनहस भएका छन् ।”

बैमौसमी वर्षा तथा बाढीका कारण यहाँका नागरिकले अन्नपात र लत्ताकपडासमेत जोगाउन पाएनन् । “एक्कासी बाढी आयो, अन्नपात बचाउन पनि पाएनौँ”, शिवनगर बस्तीका बडघर रामफल चौधरीले भन्नुभयो, “धेरैको घरमा पानी पसेको छ, खानकै समस्या भयो, मुक्तकमैया त्यसै पनि गरिब थिए, बाढीले झन समस्या थप्यो ।” शक्तिनगरमा पाँच घर पूर्णरूपमा भत्केका छन् भने ३५ घरमा पानी पसेको छ । यसपटक टीकापुर बजारको अधिकांश क्षेत्र डुबानमा परेको छ । ज्ञानी कुलो फुट्दा बजार क्षेत्रमा बाढीको कहर भोग्नुप¥यो ।

उता टीकापुर–५ साहीपुरमा कर्णाली नदी फुट्दा वडा नं ५, ६, ७, ८ र ९ मा धानबाली नोक्सान भएको छ । त्यस क्षेत्रका हजारौँ बिघा क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ भने त्यहाँको दैनिकी अस्तव्यस्त बनेको छ । बाढीले वडा नं ८ मा २५० मिटर हुलाकी सडक भत्काएको छ । “बाढीले ठूलो क्षति पु¥याएको छ, नागरिकको जीवन सङ्कटमा छ, यतिखेर सबैले पीडामा भएका नागरिकलाई सहयोग गर्न अनुरोध गर्दछु”, बाढीको अनुगमनपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले भन्नुभयो, “टीकापुरमा रहेका विपन्न बस्तीमा अन्नपातको समस्या देखिएको छ, स्थानीय सरकारले खानाको व्यवस्था तुरुन्त गर्नुपर्छ ।”

उहाँले बाढीले नसोचेको सङ्कट पैदा गरेकाले किसानको मर्का तीनै तहका सरकारले गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो । “किसानलाई कसरी खुसी पार्न सकिन्छ भनेर राहत र क्षतिपूर्तिको व्यवस्था सरकारले गर्नुपर्छ, वास्तविक पीडितले राहत पाउने गरी काम गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “अहिलेको सङ्कटमा सबै एक भएर बिनाआग्रह पूर्वाग्रह काम गर्न जरुरी छ ।” कहीँ कर्णाली नदीका कारण त कहीँ इन्टेकका कारण पाकेको धानबाली नष्ट भएको छ । यस वर्ष धानबाली राम्रो उत्पादन भएको भए पनि बाढीले आधा नोक्सान भएको छ ।

“बाढीले ठूलो धनजनको क्षति भएको छ, नागरिक दुःखमा छन्, प्रदेश सरकार जिम्मेवार देखिएको छैन”, प्रदेशसभा सदस्य उमादेवी बादीले भन्नुभयो, “किसानका बारेमा सङ्घ र प्रदेश सरकारले प्याकेज ल्याएर समस्या समाधान गर्नुपर्छ ।” स्थानीय शेरबहादुर साउदले किसानको घरभित्रको अन्नपात र खेतको धान पूर्णरूपमा क्षति भएको बताउनुभयो । टीकापुरका नगर प्रमुख तपेन्द्रबहादुर रावलले पीडितलाई त्रिपालदेखि खाद्यान्न बाँड्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले विपन्न बस्तीमा मेस चलाउने कि खाद्यान्न दिने भन्नेबारेमा छलफल भइरहेको बताउनुभयो । नगरपालिकाले वडा नं ८ मा भत्किएको सडक मर्मत सुरु गरिसकेको छ । भत्केको सडक नगरपालिकाका प्रमुख इञ्जीनियर नवराज जोशीको नेतृत्वमा मर्मत गर्न जुटेको छ ।

कैलालीका स्थानीय तहहरु बाढीपीडितलाई लक्ष्य गरी राहत कार्यक्रम ल्याउन लागेका छन् । जानकी गाउँपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकले बाढीबाट विस्थापित घरपरिवारलाई व्यवस्थापन गर्न राहत वितरण गर्ने, तथ्याङ्क सङ्कलन गर्ने, सङ्घसंस्थालाई आह्वान गर्नेलगायत निर्णय गरेको गाउँपािलकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताउनुभयो । “हामी आजबाट तथ्याङ्क सङ्कलन र राहत वितरण कार्यमा जुट्दैछौँ, हामीले सहयोगी दातासँग समेत सघाउन आग्रह गरेका छौँ”, अध्यक्ष चौधरीले भन्नुभयो, “यस्तो विपत्तिमा अन्नबाली र घरमा पानी पसेपछि जोहो गरिएको धनमालसमेत नष्ट भएको छ ।”

उता कैलारी गाउँपालिकाले बाढी प्रभावितका लागि रु तीन करोडको खाद्य बैंक स्थापना गर्ने भएको छ । बाढीले गर्दा भित्र्याउन लागेको धानबालीमा क्षति भएपछि गाउँपालिकाले भोकमरीको समस्या आउन नदिन खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताउनुभयो ।

धान बोटमै उम्रन थाल्यो

लगातार आएको बेमौसमी वर्षा र बाढीका कारण भिजेको धान बोटमै उम्रन थालेको छ । किसानले भित्र्याउने समयमा एक्कासी आएको वर्षा तथा बाढीका कारण भिजेको धान बोटमै उम्रन थालेको हो । पानीले तीन/चार दिन भिजेको धानखेती सुक्न नपाउँदा खेतमै उम्रन थालेको किसान बताउँछन् ।

किसानले अहिलेसम्म मुठ्ठीभर पनि धान भित्र्याउन सकेका छैनन् । खेतको धान घरमा भित्र्याउन नपाउँदै भिजेर उम्रन थालेपछि खाद्यान्न सङ्कट हुने भन्दै चिन्ता लागेको टीकापुर वनगाउँकी अस्मिता चौधरीले बताउनुभयो । उहाँले घरमा यस वर्ष एक दाना पनि अन्न नभित्र्याउँदै बाढीले धान बगाएको र बाँकी रहेको धान पनि खेतमै उम्रन थालेको बताउनुभयो । “यस वर्ष अन्न सङ्कट मात्र होइन, हामी भोकमरीले मर्ने देखिएको छ”, उहाँले भन्नुभयो, “खेती गरेर जीविका चलाउने हामी अब के खाएर बाँच्ने होला रु अनि घर खर्च कसरी चलाउने होला रु”

टीकापुरमा आठ हजार ७१३ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । टीकापुरमा बाढीले पाँच हजार हेक्टर क्षेत्रफलको धानबालीमा नोक्सानी भएको नगरपालिकाको कृषि शाखाका प्रमुख केशव भट्टले बताउनुभयो । “किसानको वास्तविक लगत लिने कार्य भइरहेको छ, सोहीअनुसार नगरपालिकाले राहतको व्यवस्थापन र पहल गर्ने छ”, उहाँले भन्नुभयो, “घर भित्र्याउने बेला खेतमै धान नोक्सान भएपछि किसान निकै दुःखी भएका छन् ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com