ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा पहिरो, कारोबार रकमसमेत घट्यो


एबीसी / संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसूचक ५५.९३ अङ्कले घटेर दुई हजार ५७७.४९ मा ओर्लिएको छ । नेप्से ओरालो लागेसँगै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ११.०७ अङ्कले घटेर ४८५.९८ मा झरेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत घटेको छ ।

कूल २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर रु चार अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ मूल्यमा कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २९.२६, व्यापार ५६.६३, होटल तथा पर्यटन १०२.८२, विकास बैंक १३८.४१, जलविद्युत् १११.६१, वित्त ९७.१२, निर्जीवन बीमा १८८.५, उत्पादन १०७.४५, अन्य ३३.९२, लघुवित्त ६९.३९, जीवन बीमा २७२.१४, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.३३ बिन्दुले घटेको छ । कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ६ लाख १६ हजार २२१ बराबरको कारोबार भयो ।

यस्तै नेशनल हाइड्रोपावर रु १४ करोड २४ लाख ३८ हजार ७५३, रिडी हाइड्रोपावर रु १४ करोड १० लाख ८६ हजार ४०२, शिखर इन्स्योरेन्स कम्पनी रु १३ करोड ६६ लाख ५० हजार र हिमालयन डिस्टिलरी रु १३ करोड ३६ लाख १० हजार ९१० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । कारोबारका आधारमा मैलुङ खोला जलविद्युत् कम्पनी ९.९७, स्वाभिमान लघुवित्त ६.०५, सबैको लघुवित्त २.०८, प्रिमियर इन्स्योरेन्स १.७३ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले १.५६ प्रतिशतले कमाए । त्यस्तै, गुह्यश्वरी मर्चेन्ट बैंक ९.१९, रैराङ हाइड्रोपावर ९.१३, माउण्टेन हाइड्रो ८.५५, छ्याङ्दी हाइड्रो ७.९९ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ७.८७ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com