ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दर्ता गरेर मात्रै कुकुर पाल्न पाइने


एबीसी / संवाददाता

काठमाडौं । कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यास नगरपालिकाभित्र दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागेको हो ।

कार्यालयले यस वर्ष व्यास नगरपालिकालाई रेबिजमुक्त बनाउन अभियान पनि सञ्चालन गर्न लागेको विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार व्यास नगरपालिकाभित्र रहेका सामुदायिक तथा घरपालुवा कुकुरको विवरण पनि सङ्कलन गरिनेछ । “कुकुर पाल्ने र बीचमा जथाभावी छाडिदिने समस्या व्यापक छ, त्यसले गर्दा सडकमा दुर्घटनाको जोखिम पनि बढाएको छ,” उहाँले भन्नुभयो, “त्यसो गर्दा रेबिजको जोखिम पनि उत्तिकै बढ्छ ।”

कुकुर बिरालो मानिसका साथी भएकाले यिनीहरुलाई माया गर्नुपर्ने र वर्षको एकपटक सामुदायिक र घरपालुवा कुकुर, बिरालोहरुलाई रेबिजविरुद्धको खोप लगाउनुपर्ने विज्ञ केन्द्रले अनुरोध गरेको छ । रेबिज रोगको लक्षण देखापरिसकेपछि कुनै उपचार नभएको र मृत्यु निश्चित भएकाले हेलचेक्र्याइँ गर्न नहुने पशु प्राविधिकको भनाइ छ ।

रेबिजविरुद्ध खोप अभियान

तनहुँमा रेबिजविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले रेबिजविरुद्ध खोप अभियान सञ्चालन गरेको हो ।

अभियानका क्रममा कार्यालयले तीन सय ९५ जनावरलाई रेबिज खोप लगाएको विज्ञ केन्द्रका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कुकुर, बिरालो, बाँदरलाई खोप लगाइएको छ ।

अभियानका क्रममा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा सामुदायिक, घरपालुवा कुकुर, बिरालो र बाँदरलाई रेबिजविरुद्धको खोप लगाइएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार व्यास नगरपालिकामा मात्रै एक सय ४८ कुकुर बिरालोलाई खोप लगाइएको छ । ८८ सामुदायिक, ५० घरपालुवा कुकुर, आठ बिरालो र दुई बाँदरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।

त्यस्तै शुक्लागण्डकीमा ७०, बन्दीपुरमा एक सय तीन, आँबुखैरेनीमा ६५ कुकुर बिरालोलाई खोप लगाइएको श्रेष्ठले बताउनुभयो । नेपालमा सन् २०३० सम्म रेबिज उन्मूलन गर्ने लक्ष्य लिइएको छ । नेपालमा ९९ प्रतिशत कुकुरको टोकाइबाट रेबिज हुने गरेको छ । बर्सेनि दुई सय जनाको रेबिज लागेर निधन हुने गरेको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com