ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा ३२ अङ्कको गिरावट, तीन कम्पनीको शेयरमा सर्किट


एबीसी / संवाददाता

काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ३२ अङ्क बढीले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२.५१ अङ्कले घटेर दुई हजार ६३३.४२ अङ्कमा पुगेको छ । ठूला कम्पनकिो शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४१ अङ्कले घटेर ४९७.०५ अङ्कमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि ओेरालो लागेको छ । कूल २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर रु तीन अर्ब ७० करोड २९ हजार ५०७ मूल्यमा खरिद बिक्री भयो ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लागेको छ । व्यापार ११८.१३, अन्य ४.५६ र सामूहिक लगानी कोष ०.०३ अङ्कले बढेको छ । यस्तै बैंकिङ २०.६, होटल तथा पर्यटन ४४.१५, विकास बैंक १५५.७५, जलविद्युुत् ८२.५१, वित्त ६८.९६, निर्जीवन बिमा १०४.५७, उत्पादन १०२.९७, लघुवित्त ३८.२२, जीवन बिमा १०१.४२ र लगानी १.०९ अङ्कले घटेको छ । कारोबारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ७७ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै अपि पावर कम्पनी रु १० करोड ८३ लाख ३२ हजार ७३०, मेगा बैंक रु १० करोड नौ लाख पाँच हजार ४७०, हिमालयन डिस्टिलरी रु नौ करोड ८४ लाख ६५ हजार ८२० र नेपाल पुनरबिमा कम्पनी रु नौ करोड ४० लाख ३५ हजार ८३७ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा परेका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

रुरु जलविद्युत् परियोजना ६.०५ र सिभिल लघुवित्तका लगानीकर्ताले ५.२९ प्रतिशतले कमाए । त्यस्तै गुडविल फाइनान्स ६.८६, प्रिमियर इन्स्योरेन्स ६.२९, हिमालयन पावर पार्टनर ६.२२, कर्पोरेट डेभलपमेन्ट बैंक ५.६३ र वरुण हाइड्रोपावरका लगानीकर्ताले ५.६३ प्रतिशतले गुमाए । शेयर कारोबार हुने साताको अन्तिम दिनमा आइपुग्दा बजार पूँजीकरण घटेर रु ३६ खर्ब ८६ अर्ब ३३ करोड आठ लाख ३० हजारको हाराहारीमा ओर्लेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com