ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम बढेन


एबीसी / संवाददाता
आश्विन ६, २०७८ बुधबार  ६ : ०७ बजे

काठमाडौं । लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ‘बाउन्स ब्याक’ भएको छ । ओरालो लाग्दै आएको नेप्सेमा मङ्गलबार पनि दोहोरो अङ्कको वृद्धि भएको थियो । मङ्गलबारको लय पछ्याउँदै आज नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १०४.८८ अङ्कले उकालो लागेर नेप्से परिसूचक दुई हजार ८१६.९५ मा पुगेको छ । यस्ते, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.४७ बिन्दुले बढेर ५२८.१० मा पुगेको छ ।

नेप्से बढे पनि कारोबार रकममा भने सुधार भएको छैन । कूल २१७ कम्पनीको एक करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर रु ६ अर्ब १७ करोड ९३ लाख १५८ मूल्यमा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४२ अर्ब ५५ करोड ८८ लाख १० हजार बराबर पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर नै उकालो लाग्यो । बैंकिङ ६०.९२, व्यापार १३२.६७, होटल तथा पर्यटन १३६.९, विकास बैंक ३८१.४२, जलविद्युत् १६९.४४, वित्त २०७.९३, निर्जीवन बीमा ४४१.८७, उत्पादन १८२.३१, अन्य ४१.७३, लघुवित्त १७०.७३, जीवन बीमा ५५१.७५, सामूहिक लगानी कोष ०.२२ र लगानी ३.८९ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा आज पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २३ करोड ३४ लाख ८५ हजार ५११ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु १८ करोड ४८ लाख ७४ हजार ५६६, आरएमडीसी लघुवित्त रु १६ करोड ९९ लाख ६८ हजार ८६३, हिमलायन डिस्टिलरी रु १५ करोड ४८ लाख ८९ हजार ६४९ र अपि पावर कम्पनी रु १३ करोड ५३ लाख ७१ हजार ७३३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

१४ कम्पनीको शेयरमा सकारात्मक सर्किट कारोबारका आधारमा आज विभिन्न १४ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेका छन् । त्यसमा प्रिमियर इन्स्योरेन्स, वेस्ट फाइनान्स कम्पनी, गुह्ेश्वरी मर्चेनट बैंक, आइसिएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, सिन्धु विकास बैंकलगायत छन् । त्यस्तै, मञ्जुश्री फाइनान्स १.४९, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो ०.२८, नबिल इक्विटी फण्ड ०.२६ र एनसिसि बैंकको ऋणपत्र २०८६ का लगानीकर्ताले ०.०४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

सम्बन्धित

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com