ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम बढेन


एबीसी / संवाददाता

काठमाडौं । लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ‘बाउन्स ब्याक’ भएको छ । ओरालो लाग्दै आएको नेप्सेमा मङ्गलबार पनि दोहोरो अङ्कको वृद्धि भएको थियो । मङ्गलबारको लय पछ्याउँदै आज नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १०४.८८ अङ्कले उकालो लागेर नेप्से परिसूचक दुई हजार ८१६.९५ मा पुगेको छ । यस्ते, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.४७ बिन्दुले बढेर ५२८.१० मा पुगेको छ ।

नेप्से बढे पनि कारोबार रकममा भने सुधार भएको छैन । कूल २१७ कम्पनीको एक करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर रु ६ अर्ब १७ करोड ९३ लाख १५८ मूल्यमा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४२ अर्ब ५५ करोड ८८ लाख १० हजार बराबर पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर नै उकालो लाग्यो । बैंकिङ ६०.९२, व्यापार १३२.६७, होटल तथा पर्यटन १३६.९, विकास बैंक ३८१.४२, जलविद्युत् १६९.४४, वित्त २०७.९३, निर्जीवन बीमा ४४१.८७, उत्पादन १८२.३१, अन्य ४१.७३, लघुवित्त १७०.७३, जीवन बीमा ५५१.७५, सामूहिक लगानी कोष ०.२२ र लगानी ३.८९ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा आज पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २३ करोड ३४ लाख ८५ हजार ५११ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु १८ करोड ४८ लाख ७४ हजार ५६६, आरएमडीसी लघुवित्त रु १६ करोड ९९ लाख ६८ हजार ८६३, हिमलायन डिस्टिलरी रु १५ करोड ४८ लाख ८९ हजार ६४९ र अपि पावर कम्पनी रु १३ करोड ५३ लाख ७१ हजार ७३३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

१४ कम्पनीको शेयरमा सकारात्मक सर्किट कारोबारका आधारमा आज विभिन्न १४ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेका छन् । त्यसमा प्रिमियर इन्स्योरेन्स, वेस्ट फाइनान्स कम्पनी, गुह्ेश्वरी मर्चेनट बैंक, आइसिएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, सिन्धु विकास बैंकलगायत छन् । त्यस्तै, मञ्जुश्री फाइनान्स १.४९, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो ०.२८, नबिल इक्विटी फण्ड ०.२६ र एनसिसि बैंकको ऋणपत्र २०८६ का लगानीकर्ताले ०.०४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com