ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा उच्च अङ्कको पहिरो,ओर्लियो २७ सयमुनि


एबीसी / संवाददाता
आश्विन ४, २०७८ सोमबार  ५ : ४५ बजे
काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ११४.०२ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उच्च अङ्कले ओरालो लागेर दुई हजार ६९८.२४ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १९.५१ बिन्दुले घटेर ५०६.२७ मा सिमित भएको छ । कूल २२५ कम्पनीको एक करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर रु आठ अर्ब ४९ करोड ३४ लाख एक हजार ९ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ७६ अर्ब ४० करोड ७४ लाख ८५ हजार ५७० बराबरमा रहेको छ ।
कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ५१.४६, व्यापार १५६.९८, होटल तथा पर्यटन १५८.१३, विकास बैंक ३३२.३८, जलविद्यत् २२०.२९, वित्त २२९.६९, निर्जीवन बीमा ६१४.२१, उत्पादन ९१.९६, अन्य ७०.६१, लघुवित्त १६२.३२, जीवन बीमा ८००.०६, सामूहिक लगानी कोष ०.४८ र लगानी ५.२९ बिन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४० करोड ६५ लाख ३१ हजार ४३६ बराबरको कारोबार भयो । त्यस्तै, हिमालयन डिस्टिलरी रु २२ करोड ५५ लाख ८९ हजार ७७१, नबिल बैंक रु १८ करोड ४४ लाख ४० हजार ७६३, युनाइटेड मोदी रु १७ करोड ६६ लाख ६८ हजार र अपि पावर कम्पनी रु १६ करोड ६३ लाख २० हजार ८५९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।
नेप्सेका अनुसार आज मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि भयो । त्यस्तै, डिप्रोक्स लघुवित्त २.०४, लक्ष्मी लघुवित्त १.९९, सनराइज बैंकको ऋणपत्र ०.९५ र नबिल ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले ०.६३ प्रतिशतले कमाए । उता, विभिन्न ११ कम्पनीको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लागेको छ । त्यसमा अधिकांश जलविद्युत् कम्पनीका शेयर छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com