ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभापतिमा हाम्रो साझा उम्मेदवार हुन्छ : वरिष्ठ नेता पौडेल


एबीसी / संवाददाता
भाद्र १७, २०७८ बिहीबार  ७ : १७ बजे

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट आउँदो १४औँ महाधिवेशनमा साझा सभापतिको उम्मेदवार तय गरिने बताउनुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा संस्थापन इतर समूहले आज आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले महाधिवेशनमा एकताको सन्देश दिन सबै नेताहरु एकैसाथ एउटै मञ्चमा उपस्थित भएको बताउनुभयो ।
महाधिवेशनका लागि शुक्रबारदेखि देशभर वडा सम्मेलन शुरु हुन लागेको पूर्वसन्ध्यामा पौडेल समूहले आफ्नो समूह छिन्नभिन्न नभएर एक रहेको सन्देश दिन खोजेको थियो । पार्टी बचाउनका लागि पनि आफ्नो समूहबाट एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने नेता पौडेलको भनाइ थियो ।

वडा अधिवेशन सुरु हुन लागेकाले सभापतिका लागि एउटै व्यक्तिको नाममा सहमति गर्न अझै समय रहेकाले अहिले नै कुनै व्यक्तिको नाम किटानी नगरेको नेता पौडेले सुनाउनुभयो । आफ्नो समूहबाट कसलाई के जिम्मेवारी दिँदा ठिक हुन्छ भनेर आफूहरुबीच छलफल भइरहेको उहाँले बताउनुभयो । संस्थापन इतर समूहबाट चाँडै नै एक जनाको नाम घोषणा गरिने उहाँको भनाइ थियो । देशभरका कार्यकर्तालाई आफ्नो समूहबाट साझा उम्मेदवार हुनेमा विश्वस्त हुनसमेत उहाँले आग्रह गर्नुभयो । कांग्रेसलाई एकताबद्ध बनाउनमा आफ्नो समूहको प्रयास रहने नेता पौडेलले बताउनुभयो ।

छलफल गरेर नै सभापतिको उम्मेदवार तय गर्ने र कुनै खटपट नगरी एक भएर अगाडि बढ्ने वरिष्ठ नेता पौडेलले प्रष्ट पार्नुभयो । सभापतिलगायत अन्य सबै पदमा छलफलबाटै उम्मेदवार तय गरिने उहाँको भनाइ थियो । अझै पनि क्रियाशील सदस्यताको विवाद समाधान हुन नसकेको र निष्ठावान् कार्यकर्ता क्रियाशील सदस्यताबाट बञ्चित हुने अवस्था सिर्जना भएको नेता पौडेलले बताउनुभयो ।
पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलसँगै पार्टीका महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, बलबहादुर केसी, डा शेखर कोइराला, मीनेन्द्र रिजाल, धनराज गुरूङ, गगन थापा, सरिता प्रसाईं, किरण यादवलगायत नेता उपस्थित हुनुहुन्थ्यो ।

पत्रकार सम्मेलनमा १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएका गगन थापासमेत उपस्थित हुनुहुन्थ्यो । उहाँले सोमबार काठमाडौँ महानगरपालिका–३० मा आयोजित कार्यकर्ता भेलामा केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने औपचारिकरुपमा घोषणा गर्नुभएको थियो । कांग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com