ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी जनताको शासक होइन सेवक बन्नुपर्छ


एबीसी / संवाददाता
भाद्र १५, २०७८ मंगलबार   १ : ४३   बजे

’
मोरङ, १५ भदौ:
प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिम’मा एक सय ३३ महिला सहित ६ सय ७१ दीक्षित भएका छन् । २०७७ साल मङ्सिरबाट सञ्चालित सय ३८ औँ समूहको सो तालिममा प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण र दङ्गा प्रहरी गण सुनसरी दुहवीबाट उनीहरु दीक्षित भएका हुन् ।

प्रशिक्षार्थीलाई प्रहरी सङ्गठनको परिचय, सुरक्षा प्रहरी कार्य, अपराध नियन्त्रण, अनुसन्धान, विद्यमान कानुन र प्रहरी नियुक्ति तथा कारबाहीलगायत विषयवस्तुमा दुई सय ३४ दिन प्रशिक्षण दिइएको थियो ।

तालिममा उत्तमकुमार मगर प्रथम, डम्बर सुन्दास द्वितीय, अध्ययनमा भूपेन्द्रकुमार राया प्रथम, कवाजमा दीपक राजवंशी प्रथम, चाँदमारीमा लखनकुमार राय प्रथम, शारीरिक व्यायामा ऋषिकेश कार्की प्रथम र प्रहरी नियुक्ति तथा कारबाहीमा विसुकुमार राई प्रथम भएका थिए ।

सो अवसरमा उत्कृष्ट हुनेलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गर्दै प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले मानवअधिकारको उच्च सम्मान गर्दै कार्य क्षेत्रमा शासकका रुपमा होइन सेवकका रुपमा सेवा गर्न निर्देशन दिनुभयो ।

समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरी र तालिम संयोजक एवं प्रहरी नायब उपरीक्षक विनोद शर्माले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।प्रदेश प्रहरी प्रमुख बिसीले दीक्षित हुने प्रहरीलाई दज्र्यानी चिह्न लगाइदिनुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

सम्बन्धित

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group