ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैँडाकोटमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनमा


एबीसी / संवाददाता

नवलपुर । बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड एकतर्फीरूपमा सञ्चालनमा आएको छ । सडकखण्डअन्तर्गत नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट थुम्सीस्थित तेइस स्मृति पुलको डाइभर्सन बिहीबार राति बगाउँदा पूर्णरूपमा अवरुद्ध भएको सो सडकखण्ड आजदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

तेइस स्मृति पुलको डाइभर्सन बगाएको ठाउँमा ह्युमपाइप, माटो, गिट्टी राखेर पुनः डाइभर्सन निर्माण गरी एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । शुक्रबार रातिदेखि नै ह्युमपाइप राखेर सडक सञ्चालनको तयारी गरिएको भए पनि आज मात्रै सवारी साधन सञ्चालनमा ल्याउन सकिएको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो । सडकमा सवारी साधनको चाप बढी भएको र पानी पर्नसमेत नरोकिएकाले एकतर्फी नै भए पनि सवारी साधन सञ्चालन गरिएको खनालले बताउनुभयो ।

यसअघि असारको १६ गतेसमेत सोही स्थानको डाइभर्सन बगाउँदा २८ घण्टासम्म सवारी साधन पूर्णरूपमा अवरुद्ध भएको थियो । विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडकको थुम्सी क्षेत्रमा पक्की पुल निर्माण गर्नका लागि सडकमा डाइभर्सन निर्माण गरेर सवारी साधन सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com