ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवा समाजवादको सेना बन्नुपर्छ– अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा समाजवादको सेना बन्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । योङ कम्युनिष्ट लीग वाइसिएल नेपालको आजदेखि सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले समाजवादी आन्दोलन सफल पार्न युवाको पहलकदमी आवश्यक रहेको बताउनुभयो । उहाँले समाजवादको नेतृत्व गर्नेगरी युवाले क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । माओवादी केन्द्रले युवालाई नेतृत्वमा ल्याउन पार्टी विधानमै सबै कमिटीमा २० प्रतिशत आरक्षणको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

आफूले केही समयपछि उपयुक्त नेतृत्वलाई पार्टी नेतृत्वको जिम्मा दिई संस्मरण लेख्न चाहेको बताउँदै युवाको नेतृत्व विकास गर्न आफू लागिरहेको उहाँको भनाइ थियो । समाजवादी आन्दोलनको तयारीका लागि तत्कालीन नेकपा एमालेसँग एकता गरे पनि नेतृत्वले धोका दिएकाले एकता लामो समय टिक्न नसकेको उहाँको तर्क थियो । ठूलो मेहेनतले अहिलेको सत्तारुढ पाँच दलको गठबन्धन बनेको जिकिर गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “यो गठबन्धनलाई रक्षा र सुदृढ गर्नु अहिलेको आवश्यकता हो ।” उहाँले अगाडि भन्नुभयो, “अब सबै चुनौती सकियो भन्ने छैन, गठबन्धनलाई भत्काउने, पुरानै दिशातर्फ लैजाने प्रयास भइरहेको छ । यसतर्फ युवा सचेत हुन आवश्यक छ ।” अर्को प्रसङ्गमा उहाँले विज्ञान प्रविधिको उच्चतम रूप प्रयोग गरी भेला गर्न सफल भएकामा वाइसिएललाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रविधिको प्रयोगबाट समय, खर्चलाई कटौती गरेर कार्यक्रम गर्न सकिन्छ भन्ने पुष्टि वाइसिएले गरेको छ । यो एउटा प्रेरणा र शिक्षाको रुपमा रहनेछ, यसका लागि वाइसिएललाई धन्यवाद, नेपालको कम्युनिष्ट आन्दोलनमा विज्ञान प्रविधिको प्रयोगको हिसाबमा यो भेला एउटा माइलस्टोन हुनेछ ।” भेलामा बसिराख्दा आफू विसं २०३८ मा भारतको काशीनगर भन्ने ठाउँमा भएको युवा भेलामा आफू युवाको नेताको रूपमा सहभागी भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “यो ४० वर्षको समीक्षा मैले गरेको छु ।” भेला सफलताको शुभकामना दिँदै अर्थमन्त्री एवं माओवादी केन्द्रका सङ्गठन विभाग प्रमुख जनार्दन शर्माले समाजवादको दिशा निर्माण गर्न पार्टी नेतृत्वलाई सहयोग गर्ने दायित्व वाइसिएलको काँधमा रहेको बताउनुभयो । कम्तीमा १५ लाख युवालाई वाइसिएलमा सङ्गठित गरी उनीहरूलाई उत्पादन र रोजगारीमा जोड्ने गरी योजना बनाउन वाइसिएल नेतृत्वलाई उहाँले निर्देशन गर्नुभयो । वाइसिएललाई अब परिवर्तनको उपलब्धिको रक्षा गर्ने, रक्षकको रूपमा, सामाजिक, सांस्कृतिक रुपान्तरण, आर्थिक विकास र समृद्धिको संवाहकको रूपमा विकास गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रदेश–१ का माओवादी केन्द्रका सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश–२ का माओवादी केन्द्रका नेता अच्युतम काफ्ले, वाग्मती प्रदेश माओवादी केन्द्रका सहइञ्चार्ज नारायण दाहाल, गण्डकी प्रदेश माओवादी केन्द्रका इञ्चार्ज हितराज पाण्डे, लुम्बीनी प्रदेश माओवादी केन्द्रका इञ्चार्ज चक्रपाणि खनाल, कर्णाली प्रदेशका मुख्यमन्त्री तथा माओवादी केन्द्रका सहइञ्चार्ज महेन्द्र शाही, सुदूरपश्चिम प्रदेशका मुुख्यमन्त्री त्रिलोचन भट्टले भर्चुअल माध्यमबाट भेला सफलताको शुभकामना दिनुभयो ।

यस्तै तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं, नेकपा एकीकृत समाजवादी सम्वद्ध युवा सङ्घका महासचिव दीपक जिएम लगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

वाइसिएलको राष्ट्रिय भेला सुरु

नेकपा माओवादी केन्द्रको युवा सङ्गठन योङ कम्युनिष्ट लीग वाइसिएल नेपालको राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । भोलिसम्म चल्ने भेलाको माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आज उद्घाटन गर्नुभयो । भर्चुअल माध्यमबाट भइरहेको भेलाको काठमाडौँमा भने उद्घाटन कार्यक्रमको आयोजना गरी शुभारम्भ गरीएको हो । सातै प्रदेशका प्रतिनिधि र पर्यवेक्षक सम्बन्धित प्रदेशको राजधानीमा जम्मा भई भर्चुअल माध्यमबाट भेलामा सहभागिता जनाइरहेको वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भेलामा अबको युवा आन्दोलनको राजनीतिक कार्यदिशा, अबको सङ्गठनात्मक कार्यदिशा कस्तो हुने र कस्तो नेतृत्व प्रणाली गर्नेबारे गम्भीर बहस गर्ने बताउनुभयो । ‘उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौँ, सुदृढ सङ्गठन र परिवर्तनलाई संस्थागत गर्न वाइसिएल नेपालको राष्ट्रिय भेला सफल पारौँ’ भन्ने नारासहित हुन लागेको भेलाले नयाँ नेतृत्व चयन गर्नेछ ।

भेलामा सङ्गठनको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, नयाँ नेतृत्व र कार्यसमितिको चयनलगायत एजेण्डा रहेका छन् । भेलामा ६४७ प्रतिनिधि एवं पर्यवक्षेकको सहभागितामा रहेको आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com