ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

  बाढी प्रभावित परिवारलाई रु दुई लाख


एबीसी / संवाददाता
भाद्र १, २०७८ मंगलबार  १ : ४५ बजे
 मनाङ, १  भदौ
गण्डकी प्रदेश सरकारले मनाङका बाढी प्रभावितलाई प्रतिपरिवार रु दुई लाख प्रदान गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार स्थलगत निरीक्षण गर्दै आवास  निर्माणका लागि प्रतिपरिवार रु दुई लाख उपलब्ध गराउने जानकारी दिनुभयो ।
उहाँले बेँसीसहर–चामे सडक खुलाउन सङ्घीय सरकारले काम थालिसकेको र ताल गाउँसम्म गाडी चल्न थालेको बताउनुभयो । सङ्घीय सरकारले जिल्लालाई विपद् सङ्कटग्रस्त घोषणा गरिसकेको छ । मुख्यमन्त्री पोखरेलले भन्नुभयो “जिल्लामा विभिन्न बस्तीको पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग समन्वय भइरहेको छ ।  ”
सदरमुकाम चामेमा बाढीकै कारण विद्युत् सेवा अवरुद्ध भएपछि प्रदेश सरकारले सबै सरकारी कार्यालयहरुमा सोलार जडान गरिदिएको छ ।
जिल्लामा यस वर्षका वर्षामा ८५ घर पूर्ण क्षतिको विवरण सङ्कलन भएको छ । खासगरी नासों गाउँपालिका–१ मा सबैभन्दा बढी घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । उहाँका अनुसार नासोंमा मात्रै ७० घरमा क्षति पुगेको छ । धारापानीका १२ घरमा क्षति पुगेको उहाँले बताउनुभयो ।
सो अवसरमा अर्थमन्त्री रामजीप्रसाद बरालले बाढीपहिरा प्रभावितहरुको पहिचान गरी तत्काल र दीर्घकालीन रुपमा समस्या समाधानका लागि सरकार कटिबद्ध भएको बताउनुभयो । गाउँपालिकाको अधिकांश बस्ती बगरका रुपमा परिणत भएकाले अस्थायी बसोबासका साथै प्रभावितहरुलाई खान, बस्न प्रबन्ध भइरहेको र प्रदेश सरकारले कमी हुन नदिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
अझै पनि मस्र्याङ्दी नदीमा पानीको बहाव कम नहुँदा आसपासका बासिन्दा त्रासमा छन् । नासाेंका धारापानी, थोंचे, दानाक्यु, ताचै, तिल्चे, ताल गाउँलगायत मनाङमा गत असार १ गते परेको अविरल वर्षाले मस्र्याङ्दी नदी र दूध खोलामा आएको बाढीका कारण गाउँका नौवटै वडा प्रभावित भएको अध्यक्ष घलेले जानकारी दिनुभयो । बाढीले स्थानीयवासीको घरबास नै डुबाउनाका साथै खेतीयोग्य जमिनसमेत बगाएको छ ।
मूल सडक, मोटरेबल पुल र झोलुङ्गे पुल बगाएको छ । सडक सञ्जालका साथै सञ्चार र बिजुलीसमेत नहुँदा अन्धकारमा बस्न बाध्य भएको स्थानीयवासीको दुःखेसो छ । भ्रमणमा मुख्यमन्त्री पोखरेल ,अर्थमन्त्री बराल, कांग्रेसका प्रदेशसभा सदस्य चिन्तबहादुर घले,  नेकपा (माओवादी केन्द्र)का नेता कपिल लामा सहभागी हुनुहुन्थ्यो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com