ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ महानगरपालिका  १६ को कार्यालय भवन भवन शिलान्यास


एबीसी / संवाददाता

काठमाडौँ, ३० साउन  :
काठमाडौँ महानगरपालिका वडा नं १६ को कार्यालय भवन शिलान्यास गरिएको छ । महानगरपालिकाको रु ११ करोड ५२ लाख १२ हजार ६७६ लागतमा चमती बालाजुमा निर्माण हुन लागेको उक्त भवनको आज नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले शिलान्यास गर्नुभयो ।

प्रमुख शाक्यले महानगरपालिकाको पहिलो बैठकमा काठमाडौँका सबै वडाभित्र वडा कार्यालय बनाउने निर्णय गरेको स्मरण गर्दै सोहीअनुसार वडा कार्यालय भवन निर्माण अगाडि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले चालु आर्थिक वर्षमा पाँच वडा कार्यालय भवन निर्माण गर्ने बताउनुभयो । उपप्रमुख खड्गीले नयाँ भवन निर्माणसँगै जनताले सहज सेवा प्राप्त गर्नसक्ने हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न गरिसक्नुपर्ने बताउनुभयो ।

कूल ३२ वडा रहेको महानगरपालिकामा पुराना १२ भवनलाई मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको, सात भवन निर्माण भई सञ्चालनमा आइसकेका, आठ भवन निर्माण हुने क्रममा रहेका महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिनुभयो ।

वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालले चमती जग्गा एकीकरण आयोजनाबाट रु आठ करोड ५० लाखमा २१ आना जग्गा खरिद गरी भवन निर्माण सुरु गरिएको बताउनुभयो । महानगरपालिकाकै सबैभन्दा ठूलो वडा नं १६ मा ४५ हजार घरधुरी रहेका छन् भने एक लाख ३५ हजारभन्दा धेरै जनसङ्ख्या छ ।

गौरी पार्वती, के एण्ड के र रमिता जेभीले निर्माण गर्न लागेको उक्त भवन साढे छतले हुनेछ । उक्त भवन विसं २०७९ फागुन १५ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com