ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसरी भएको थियो सुजिता ठाकुर हत्या, आरोपमा उनकै बाबु पनि पक्राउ


एबीसी / संवाददाता
श्रावण १८, २०७८ सोमबार  ५ : ४६ बजे

जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्याको घटना अनुसन्धानका लागि प्रहरीले उनका बाबु कामेश्वर पाण्डेलाई पनि पक्राउ गरेको छ । जेठ २० गते राति भएको सुजिताको हत्यामा बाबुको संलग्नता देखिने केही प्रमाण फेला परेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले सुजिताका बाबुले उनको हत्याका लागि देवर रुपेशलाई उक्साएको तथ्य फेला परेको बताए । ‘अनुसन्धानका क्रममा यस्तो अडियो फेला परेको छ,’ डीएसपी विष्टले भने । सुजिताको हत्यापछि देवर रुपेशले जेठ २५ गते सुजिताका बाबु कामेश्वरलाई जानकारी समेत गराएको पाइएको प्रहरीको भनाइ छ । ‘मेरो छोरी बदमास भइसकेकी, इज्जत प्रतिष्ठा फाली, भनेर मार्ने काममा उनले सहमति दिएको जस्तो देखिन्छ,’ विष्टले भने ।

रुपेशले हत्या गरेर जानकारी गराएपछि कामेश्वरले हत्याको घटना लुकाउन रुपेशसँग बार्गेनिङ गरेको देखिएको पनि विष्टले बताए । सुजिताको हत्याको खबर पाएपछि कामेश्वरले बच्चाको नाममा जग्गा राखिदिनुपर्ने भनेर बार्गेनिङ गरेको र केही सीप नलागेपछि अरु व्यक्तिमार्फत प्रहरीमा आएको देखिएको डीएसपी विष्टले बताए ।

प्रहरीले सुजिताकी नन्द अञ्जु ठाकुर र जनकपुरधाम उपमहानगरपालिका–२४ कुटी पोखरी बस्ने ५५ वर्षीय प्रमोद मण्डललाई पनि पक्राउ गरेको छ । सुजिताकी नन्द अञ्जुलाई समेत रुपेशले हत्यालगत्तै फोन गरेर जानकारी गराएको र अञ्जुले पनि यो कुरा लुकाएको प्रहरीको भनाइ छ ।

प्रमोदले भने हत्या गरिएकी सुजिताको शव खेतमा गाडेको र २९ गते त्यहाँबाट उत्खनन् गरी ५ सय मिटर टाढाको सेफ्टी ट्यांकीभित्र लुकाउन संलग्न देखिएको प्रहरीको भनाइ छ ।

यसरी भएको थियो हत्या

प्रहरीका अनुसार गत जेठ २० गते बिहान ८ देखि ९ बजेको बीचमा रुपेशले भाउजू सुजिता देवी ठाकुरको कोठाभित्र मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोक्काई घाँटीसमेत थिची हत्या गरेका थिए । हत्यापछि दिनभरि शवलाई सुजिताकै पलङमा छोपेर कोठामा ताल्चा लगाई राखेको र साँझ ट्याक्टरमा राखी खेतमा खाल्टो खनी गाडेको प्रहरीले बताएको छ ।

जेठ २० गते राति गाडेको शव जेठ २९ गते मध्यराति पुनः खनेर रुपेशले अर्को ठाउँमा सारेका थिए । पहिला गाडिएको ठाउँबाट झिकेर ५ सय मिटर टाढा काठ गोदाम नजिकै निर्माणाधीन सेप्टिक ट्याङ्कीमा खाडल खनी पुरेको प्रहरीको भनाइ छ । प्रहरीले असार २७ गते यही ठाउँबाट शव निकालेको थियो ।

यो घटनामा संलग्न भएका मृतक सुजाताका देवर रुपेशसहित चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । रूपेश, उनकै गाउँका ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राइन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com