ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अग्रज पत्रकार आचार्यको निधन


एबीसी / संवाददाता

काठमाडौं । नेपाल पत्रकार महासङ्घ कास्की शाखाका संस्थापक सदस्य तथा अग्रज पत्रकार तिलक आचार्यको ८२ वर्षको उमेरमा आज निधन भएको छ । विसं १९९५ चैतमा पर्वतको विहादीमा जन्मनुभएका अग्रज पत्रकार आचार्य केही समय अगाडिदेखि मधुमेह, उच्च रक्तचाप र जन्डिस रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको बिहीबार छोरेपाटनस्थित आफ्नै निवासमा निधन भएको हो । स्व आचार्यका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

अग्रज पत्रकार आचार्य पाँच दशकभन्दा लामो समयसम्म सक्रिय पत्रकारितामा रहिरहनुभयो । उहाँसहित पोखराका अन्य बुद्धिजीवीसमेत मिलेर ‘नौलो डाँको’ साप्ताहिक सञ्चालन गर्नुभएको थियो । उहाँ तत्कालीन क्षेत्रीय अदालत बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्तासमेत हुनुहुन्थ्यो । वाम बुद्धिजीवी स्व आचार्य देशमा परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागी रहनुभयो । निडर र सधैँ अग्रगमनको पक्षमा लाग्नु हुने अग्रज पत्रकार आचार्यको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अभिभावक गुमाएको छ । उहाँको आजै सेतीनदीस्थित रामघाटमा अन्तिम दाहसंस्कार गरिएको थियो ।

पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले आज एक शोक विज्ञप्ति प्रकाशित गर्दै यस दुःखद् घडीमा स्व आचार्य प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना एवं शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com