ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अग्रज पत्रकार आचार्यको निधन


एबीसी / संवाददाता
श्रावण १५, २०७८ शुक्रबार   ६ : २४   बजे

काठमाडौं । नेपाल पत्रकार महासङ्घ कास्की शाखाका संस्थापक सदस्य तथा अग्रज पत्रकार तिलक आचार्यको ८२ वर्षको उमेरमा आज निधन भएको छ । विसं १९९५ चैतमा पर्वतको विहादीमा जन्मनुभएका अग्रज पत्रकार आचार्य केही समय अगाडिदेखि मधुमेह, उच्च रक्तचाप र जन्डिस रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको बिहीबार छोरेपाटनस्थित आफ्नै निवासमा निधन भएको हो । स्व आचार्यका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

अग्रज पत्रकार आचार्य पाँच दशकभन्दा लामो समयसम्म सक्रिय पत्रकारितामा रहिरहनुभयो । उहाँसहित पोखराका अन्य बुद्धिजीवीसमेत मिलेर ‘नौलो डाँको’ साप्ताहिक सञ्चालन गर्नुभएको थियो । उहाँ तत्कालीन क्षेत्रीय अदालत बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्तासमेत हुनुहुन्थ्यो । वाम बुद्धिजीवी स्व आचार्य देशमा परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागी रहनुभयो । निडर र सधैँ अग्रगमनको पक्षमा लाग्नु हुने अग्रज पत्रकार आचार्यको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अभिभावक गुमाएको छ । उहाँको आजै सेतीनदीस्थित रामघाटमा अन्तिम दाहसंस्कार गरिएको थियो ।

पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले आज एक शोक विज्ञप्ति प्रकाशित गर्दै यस दुःखद् घडीमा स्व आचार्य प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना एवं शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

नयाँ संसद: पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

आइतबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group