ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अत्यधिक मोवाइल हेर्दा लाग्ने रोग‘डुमस्क्रोलिङ’, मस्तिष्कमा कस्तो असर गर्छ


एबीसी / संवाददाता

काठमान्डौ ५ साउन

कोरोना महामारीका कारण मानिसको दैनिकी फेरिएको छ । अन्य काम नहुँदा मोबाइल लामो समयसम्म हेरिरहने बानी परेको छ । मोबाइलमा लामो समयसम्म हेरिरहँदा ‘स्क्रोलिङ’ वा ‘डुम’ जस्ता समस्या हुन्छ ।
के हो ‘डुमस्क्रोलिङ’
यो एक मानसिक समस्या हो । स्क्रिनमा अत्यधिक समय धेरैजसो नकारात्मक समाचारजन्य सामग्री स्क्रोल गर्दै हेर्दा उत्पन्न हुने समस्या नै ‘डुमस्क्रोलिङ’ हो । यो पत्ता लगाउन सजिलो हुन्छ । तपाईँलाई असर गर्ने नकारात्मक समाचारको विस्तृत विवरण खोतल्दै लैजानुहुन्छ भने ‘डुमस्क्रोलिङ’ भएको मान्न सकिन्छ ।

हामी कुनै बेला निश्चित समाचारमा अडिन सक्दैनौँ, बरु लगातार नकारात्मक समाचारसँग सम्बन्धित समाचार हेर्दै वा पढ्दै स्क्रिन स्क्रोल गर्दै लैजान्छौँ । साथै अन्य विभिन्न नयाँ वेबसाइटमा नयाँ कुराको खोजीमा लगातार लाग्छौँ । यस्तो हुँदा हाम्रो दैनिक सामान्य जीवनमा असर पर्छ । त्यो कुरा स्वयम्लाई थाहा हुन्छ । तर त्यसबाट टाढा हुन सकिरहेका हुँदैनौँ ।
‘डुमस्क्रोलिङ’बाट बच्ने उपाय
यो एक मानसिक समस्या भएका कारण मस्तिष्कलाई नकारात्मक कुराबाट टाढा राख्ने तथा विभिन्न ग्याजेटको प्रयोग सीमित गर्ने कार्य नै यसबाट बच्ने उपाय हुन सक्छन् । यहाँ अन्य केही उपाय प्रस्तुत गरिएको छ स्
सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने स् सामाजिक सञ्जालमा जोसुकैले पनि अफवाह फैलाउने किसिमका समाचार सामग्री राख्ने गर्छन् । जसले मस्तिष्कमा नकारात्मक असर पार्छ । त्यसैले सकेसम्म सामाजिक सञ्जाल प्रयोगलाई सीमित गर्नुपर्छ । सुत्ने बेला यसको प्रयोग गर्नु हुँदैन । यसका लागि सबभन्दा उत्तम उपाय भनेको ओछ्यान नजिक मोबाइललगायतका ग्याजेट नराख्नु हो ।
योगा तथा नियमित व्यायाम गर्ने स् योगाभ्यास तथा नियमित शारिरीक व्यायाम गर्दा शरीरमा सकारात्मक ऊर्जा आउँछ । त्यसैले शारिरीक र मानसिक स्वस्थ रहन नियमित व्यायाम गर्नुपर्छ ।
मनोरञ्जनात्मक कार्य गर्नेरसकारात्मक कार्य गर्नेस् मनोरञ्जनात्मक कार्य गर्दा नकारात्मकता हट्छ । रुचिअनुसारका कार्य गर्दा आफूलाई आत्मासन्तुष्टि मिल्छ । त्यसैले आफ्नो रुचिअनुसार सकारात्मक ऊर्जा दिने किसिमका गीत गाउने, नाच्नेलगायतका मनोरञ्जनात्मक कार्य गर्न सकिन्छ ।
सधैँ फाइदाजनक कार्यमा व्यस्त रहनेस् सधैँ व्यस्त रहँदा नकारात्मक कुराले दिमागमा बास पाउँदैन । त्यसैले सधैँ फाइदा पुग्ने कार्य गरिरहनुपर्छ । जस्तै सकारात्मक किसिमका पुस्तक पढ्ने, परिवारका सदस्य मिलेर काम गर्नेलगायतका कार्य गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com