ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ जेष्ठ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डाक्टर नर्सले जोखिमभत्ता पाएपछि अर्थमन्त्री शर्मालाई धन्यवाद दिए


एबीसी / संवाददाता
श्रावण ५, २०७८ मंगलबार   १ : २४   बजे

 

काठमाडौं ५ साउन

धन्यवाद अर्थमन्त्री जनार्दन शर्मा, आज मैले पनि कोभिड भत्ता पांए । बोलेको कुरो पुरा गर्नु भएकोमा धन्यवाद

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड इर्मजेन्सी विभागमा कार्यरत डाक्टर यज्ञ पोखेरेलले आफ्नो फेसवुकवालमा पोष्ट गर्नुभएको हो ।

अर्थमन्त्री शर्माले पद वहाली गरेलगत्तै स्वास्थ्यकर्मीहरुको रोकिएको जोखिमभत्ता एक हप्ता भित्र उपलव्ध गराउने घोषणा गर्नुभएको थियो ।

बचन दिएको भोलिपल्टै आफुहरुले जोखिमभत्ता पाएको पनि डक्टरहरुले बताएका छन ।

 

‘प्रतिष्ठान भएकाले हाम्रो त बाहिरबाट रकम आउँदैन । अस्पताल आफैंले आम्दानी गरि तलव खानुपर्छ । पहिलो लहरमा पनि स्वास्थ्य मन्त्रालयले कोभिडका लागि भनेर रकम पठाएको थियो तर नन कोभिडका बिरामी नआएकाले आम्दानी भएन र मन्त्रालयले कोभिडका लागि पठाएकै रकमबाट तलव खायौं, भत्तालाई पुगेन ।पोख्रेलको भनाइ थियो ।

दोस्रो लहरमा पनि भत्ताका लागि भनेर माग गरेको खर्चको फाइल अड्केको अड्केई थियो, मन्त्रीज्यू आउने बित्तिकै सदर गर्नुभयो हामीले भत्ता पाइहाल्यौं’, पोखरेलले खुशी व्यक्त गर्नुभयो ।

उहाँले आफुले मात्रै नभई भत्ता रोकिएका अरु साथीहरुले पनि पाएको जानकारी दिनुभयो । आफुहरुले ५० प्रतिशतका दरले ३ महिनाको भत्ता एकमुष्ठ पाएको बताउनुभयो । शर्माले असार ३० गते स्वास्थ्यमन्त्रालयको तीन महत्वपूर्ण फाइलको सदर गर्दै अर्थमन्त्रीको रुपमा आफ्नो कार्यकालको सुरुवात गर्नुभएको थियो ।

साथै मन्त्री शर्माले कोरोना महामारी सुरु भएदेखि नै स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ता उपलव्ध गराउन सरकारलाई दबाब दिदैं आउनुभएको थियो । यस्तै उहाँले कोरोना प्रभावित क्षेत्रहरुको निरीक्षण गरि रुकुममा अस्पताल तथा अक्सिजन, आइसियु र भेन्टिलेटरसहित स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

सम्बन्धित

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group