ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तानबाट अमेरिकी फौज फर्काउनु गल्ती हो : पूर्वराष्ट्रपति बुस


एबीसी / संवाददाता
असार ३१, २०७८ बिहीबार  ७ : ११ बजे

काठमाडौँ, ३१ असार । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लू बुसले अफगानिस्तानबाट अमेरिकी फौज फर्काउनु गल्ती भएको बताएका छन् । अमेरिकी फौजले अफगानिस्तान छाड्दा त्यहाँको अवस्था निकै खराब हुने बुसले बताएका छन् ।
बुधबार जर्मन टेलिभिजन डी।डब्लूले साधेको प्रश्नको जवाफमा बुसले भनेका छन्, ‘अमेरिकी फौजलाई फर्काउनु गल्ती हो । यसको नतिजा खराब हुनेवाला छ । विशेषगरी अफगानी महिला तथा बालिकाहरूमाथि खतरा उत्पन्‍न हुनेछ । उनीहरू निकै डराएको पाएको छु,’ बुसले भने ।

पूर्वराष्ट्रपति बुसकै पालामा सन् २००१ मा अमेरिकाले अफगानिस्तानमाथि सैन्य हमाला गरेको थियो । हम्मेसी अन्य राष्ट्रिपतिले गर्ने निर्णयबारे आफ्नो राय नराख्‍ने बुसको टिप्पणी अर्थपूर्ण रहेको बताइएको छ । फेरि अफगानिस्तानमा तालिवानले पकड बलियो बनाउँदै गएको खबर आइरहेका बेला बुसले आफ्नो मनको कुरा खालेका हुन् ।

अमेरिकी फौज अफगानिस्तानमा नरहेपछि उनीहरूलाई सहयोग गर्ने स्थानीय अनुवादक तथा सहयोगीहरूको सुरक्षा अवस्था के हुने भन्ने विषयमा पनि बुसले चिन्ता व्यक्त गरेका छन् । ‘अमेरिकी तथा नाटो फौजलाई स्थानीय अनुवादक तथा सहयोगीहरूले निकै सहयोग गरेका छन् । जसबारेमा तालिवान जानकार छ । यस्तोमा ती अनुवादक तथा सहयोगीहरूको सुरक्षा कसले गर्ला भन्ने चिन्ता छ,’ बुसले भने ।

अमेरिकी फौजले अफगानिस्तान छाड्ने क्रम जारी छ । अहिलेका अमेरिकी राष्ट्रपति जो बाइडनले गत साता अफगानिस्तानमा रहेका सम्पूर्ण अमेरिकी फौजले अगस्टको अन्त्यसम्ममा त्यस मुलुक छाडिसक्ने बताएका थिए । ‘अब नयाँ पुस्ताका अमेरिकी सेना अफगानिस्तान जाने छैनन् । हामी यो युद्धलाई कायम राख्‍ने पक्षमा छैनौँ,’ बाइडनले भनेका थिए ।

अमेरिकी फौज फर्काउने बाइडनको निर्णयलाई कयौँ अमेरिकी रानीतिज्ञले आलोचना गरेका छन् । ‘अफगानी नागरिक खतरामा पर्नेछन् । विशेषगरी महिला तथा बालिकाहरू तालिवानको निशानामा पर्ने सम्भावना निकै छ । त्यहाँ मानवीय संकट आइपर्नेछ । अफगानिस्तानबाट फौज फर्काउदैमा आतंकवादीहरूले हामीमाथि आक्रमण गर्न छाड्नेवाला छैनन्,’ रिपब्लिकन सिनेटर मिच म्याककोनलले भनेका छन् ।

अमेरिकी फौजले अफगानिस्तान छाड्न सुरु गरेदेखि तालिवान आक्रमक बन्दै गएको छ । र, अफगानी सुरक्षा फौजमाथि आक्रमण गरिरहेको छ । विदेशी सञ्चार माध्यमहरुको दाबी अनुसार तालिबानले अफगानिस्तानका करिब दुई सय जिल्लामा कब्जा जमाइसकेको छ । बेलायती सञ्चार माध्यम बीबीसीले करिब ७० प्रतिशत अफगानी भू-भागमाथि तालिबानको नियन्त्रण रहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

सम्बन्धित

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com