काठमाडौं, २८ असार । नेकपा एमालेको स्थायी कमिटीको अनौपचारिक बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको बैठकले अदालतको फैसला र त्यसपछिको सम्भावित अवस्थाको बारेमा छलफल गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
सर्वोच्च अदालत राजनीतिक विषयमा प्रवेश गरेको र क्षेत्राधिकार मिचेर फैसला गरेकोमा बैठक एकमत भएको छ । अदालतको फैसला आपत्तिजनक भए पनि कार्यान्वयन गर्नुपर्ने विषय बैठकमा उठेको एमाले नेता एवम् पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।
यद्यपि अदालतको फैसला कसरी कार्यान्वयन गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्णय गर्ने नेता ज्ञवालीले जानकारी दिनुभयो ।
प्रवक्ता ज्ञवालीले संसदमा उपस्थित दलले सरकार बनाउने र राष्ट्रपति कार्यालयबाट त्यसको विधिवत् घोषणा गर्ने भए पनि आजको फैसलाबाट प्रधानमन्त्री सर्वोच्च अदालतले नियुक्त गर्नुपर्ने जस्तो कल्पनाभन्दा बाहिरको अभ्यासको सुरु भएको पनि बताउनुभयो । पार्टी स्थायी कमिटीको बैठक भोलि पुनः बस्ने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्