ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘माधव नेपाल नेतृत्वको टिम हामीसँगै रहन्छ भन्नेमा विश्वस्त छु’ : अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता

 अध्यक्ष प्रचण्डसँगको अन्तर्वार्ता 

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। यो पुनर्स्थापनालाई कसरी हेर्नु भएको छ ?

संविधानवाद र संविधानको लोकतन्त्र, राष्ट्रियता र आम नेपाली जनताको जितको रूपमा मैले यसलाई हेरेको छु। निकै अप्ठेरो परिस्थितिबाट देश गुज्रिएको थियो। आज सर्वोच्चले जो फैसला गरेको छ, त्यसले संविधान, राष्ट्रियता, लोकतन्त्र र जनताको हितको पक्षमा सही निर्णय गरेको छ। अदालत फैसलालाई म स्वागत गर्छु। संवैधानिक इजलास, न्यायाधीश, प्रधानन्यायाधीशसहित सबैलाई धन्यवाद र बधाई दिन चाहन्छु।’

तपाईंहरूको गठबन्धनले अब सरकार बनाउँछरु गठबन्धनको सरकार बन्छ कि तपाईंहरू के गर्नुहुन्छ ?

अब हामी गठबन्धन बनाएर नै हामीले तीन वटा मूलभुत कुरा भनेका थियौं( संविधानवादको रक्षा, लोकतन्त्रको मूल्य मान्यताको रक्षा र राष्ट्रियताको रक्षा त्यही भनेर अगाडि बढेका थियौं। र एकमतले नै अगाडि गएको हुनाले यसैका लागि हामीले गठबन्धन बनाएर अगाडि बढेका थियौं। अब पनि गठबन्धनकै सरकार बन्छ र सरकारमात्र होइन अलि परसम्म नै यो गठबन्धनमार्फत् राष्ट्र र जनताको हितमा समर्पित भएर लाग्ने हाम्रो प्रतिवद्धता छ।’

चुनाव जहिले हुन्छ (६ महिना, एक वर्ष डेढ वर्ष)  त्यसमा पनि तपाईंहरू सँगै जाने भन्नुभएको हो ?

हजुर, अब चुनावमा र जनताको विकास निर्णयमा समृद्धिको यात्रा लोकतन्त्रको सुद्धृढीकरण सबैमा हामीले अलिक लामैं राणनीतिक सोच बनाएर नै यो गठबन्धन बनाएका हौं। हामी परेसम्म जान्छौं।

तपाईंहरू गठबन्धन बनाउँदा एमालेको एक तप्का माधव नेपालको समूह थियो, त्यो अहिले पनि छ। एमालेभित्र कार्यदलले हिजो १० बुँदे तयार गरेको छ। तपाईंले हिजोमात्रै माधव नेपालसँग भेट्नुभएको थियो। उहाँको सहभागिता के हुन्छ अब यो गठबन्धनमा ?

अब मलाई लाग्छ। अहिले हामी माधवजीसमेत ५ दलको बैठक बस्ने निर्णय गरिसकेका छौं। बैठक बसेर गठबन्धनलाई नै सुद्धृढ गरेर लैजाने कोशिशमा हुन्छौं। हिजो उहाँहरूले राति उहाँहरूले जे गर्नुभएको थियो, रातारात जुन नाटकीय ढंगले त्यो गलत थियो भनेर माधवजीले नै भनिसक्नु भएको छ।

मलाई विश्वास छ। अब पुरै एमाले माधव नेपालकैं नेतृत्वमा आउने स्थिति बन्यो भने धेरै राम्रो हुन्छ। त्यस्तो बन्यो भने गठबन्धन राम्ररी जान्छ। यदि त्यस्तो भएन भने पनि हामीलाई विश्वास छ माधवजीको नेतृत्ववाला जुन टिम छ त्यो टिम चै गठबन्धलाईलाई जोगाएरै लाने हुन्छ। हाम्रो कोशिस पनि उहाँलाई सहयोग गर्ने नै हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com