ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कडा सुरक्षा घेराभित्रै हाइटीका राष्ट्रपतिको कसरी भयो हत्या ?


एबीसी / संवाददाता

काठमाडौं, २४ असार ।  हाइटीका राष्ट्रपति जोभेनल मोइसे बुधबार बन्दुकधारीहरुको आक्रमणमा आफ्नै निवासभित्र मारिए । उनकी पत्नी मार्टिन मोइसेसमेत घाइते भइन् । यो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चारजना आशंकितलाई गोली हानी मारेको छ ।

बुधबार सबेरै आक्रमणकारीहरुले राष्ट्रपति भवनमा हमला गरेका थिए । छातीमा गोली लागेका राष्ट्रपतिको घटनास्थलमै मृत्यु भयो । उनकी पत्नी भने बालबाल बाँचिन् । उनलाई उपचारका लागि फ्लोरिडामा लगिएको छ । हाल उनको अवस्था गम्भीर तर स्थिर रहेको बताइएको छ ।

घटनामा आक्रमणकारीतर्फ चारजना मारिएको र दुईजनालाई पक्राउ गरिएको प्रहरी प्रमुख लियोन चाल्र्सले बताएका छन् । टेलिभिजन वक्तव्यमा उनले आक्रमणकारीद्वारा बन्धक बनाइएका तीन प्रहरीको उद्धार गरिएको जानकारी पनि दिए । ‘उनीहरु घटनास्थलबाट बाहिरिने क्रममा हामीले रोक्यौं, त्यसपछि सेनाले उनीहरुमाथि आक्रमण गर्यो,’ उनले भने ।

घटनापछि बोल्दै कार्यवाहक प्रधानमन्त्री क्लाउड जोसेफले संयमता अपनाउन आग्रह गर्दै देशब्यापी आपत्कालको घोषणा गरेका छन् । अमेरिकालगायत विभिन्न देशका राष्ट्रपतिले घटनाको निन्दा गर्दै शान्तिको आह्वान गरेका छन् ।

कसरी भयो आक्रमण ?

अमेरिकी महादेशको गरिब राष्ट्रमा पर्छ हाइटी । मोइसे गत सन् २०१७ मा हाइटीका राष्ट्रपति बनेका थिए । पछिल्लो समय उनले राजीनामाका लागि चौतर्फी दवावको सामना गर्नुपरिरहेको थियो । सैनिक कु, राजनीतिक अस्थिरता, हत्या९हिंसा तथा प्राकृतिक प्रकोपले यो देशलाई दशकौंदखि जर्जर तुल्याइरहेको छ ।

राष्ट्रपतिका रुपमा मोइसेको कार्यकाल सुखद थिएन । दुई महिनाभित्र राष्ट्रपपतिका लागि निर्वाचन गर्ने तयारी पनि भइरहेको थियो । मोइसेले नयाँ प्रधानमनत्रीमा एरियल हेनरीलाई नियुक्त गरेको २४ घन्टा नबित्दै यो आक्रमण भएका हो ।

कार्यवाहक प्रधानमन्त्री जोसेफका अनुसार आक्रमणकारीहरु विदेशी नागरिक हुन् जो अंग्रेजी र स्पेनिस बोलिरहेका थिए । हाइटीको आधिकारिक भाषा क्रिओल र फ्रेन्च हुन् । बुधबार स्थानीय समयअनुसार रातको एक बजे कालो लुगा लगाएका बन्दुकधारीहरु राष्ट्रपति निवासमा प्रवश गरेका थिए । उनीहरु अमेरिकी ड्रग एजेन्टको भेषमा भित्र पसेको केही समाचारहरुमा जनाइएको छ ।

अमेरिकाका लागि हाइटीका राजदूत मोचिट एममोन्डले यो एउटा कमाण्डो आक्रमण भएको बताएका छन् । उनका अनुसार आक्रमणकारीहरुले ‘ड्रग एजेन्ट’ को रुपमा आफूलाई प्रस्तुत गरेर डीइए अपरेसनका सिलसिलामा आफूहरु आएको बताएका थिए । सामाजिक सञ्जालमा एउटा भिडियो सर्कुलेट भइरहेको छ, जसमा अमेरिकी मुलका एक व्यक्ति मेगाफोनमा भनिरहेका छन्, ‘डीइए अपरेसन । सबैजना आआफ्नो ठाउँमा टाउकोले टेकेर खडा हुने ।’ मोइसेको निवास पर्लिन ५ जिल्लास्थित पेटिअनभिल्लेमा पर्छ, जुन उच्च सुरक्षा भएको भीआईपी एरिया हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com