काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउन नहुने बताउनुभएको छ । सप्तरीको सदरमुकाम राजविराजमा आज रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
उहाँले भौगोलिक, सामाजिक, भाषिक विविधता द्वन्द्वको विषय नभइ सम्पन्नताको प्रतीक भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम चाँडै सकिने बताउनुभएको छ । जग्गा प्राप्त भएको, डिजाइन बनेको तथा बजेटको पनि व्यवस्था भइसकेकाले काम चाँडै सकिने उहाँले दाबी गर्नुभएको हो । यो काममा पालिका, जनप्रतिनिधि र आम जनताको सहयोग हुने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गर्नुभयो ।
११ अर्ब ९८ करोड रुपैयाँको अनुमानित लागतमा ६२ बिघा जग्गामा प्रतिष्ठान निर्माण हुन लागेको हो । प्रतिष्ठानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि १५ करोड रुपैयाँ छुट्याइएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका निर्देशक डा। रणजीत कुमार झाले जानकारी दिनुभयो । डीपीआर गर्न पाँचरछ महिना लाग्ने उहाँको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्